लण्डन । ब्रेक्जिटपछि बेलायतमा काम गर्न चाहने श्रमिक र अन्यका लागि मंगलबारदेखि भिसा आवेदन खुला हुँदैछ ।
युरोपियन मुलुकलगायत सबै विदेशी मुलुकका नागरिकले जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि भिसा आवेदन गर्नु पर्नेछ र उनीहरुले अनलाइनबाट भिसा आवेदन गर्न पर्ने छ ।
दक्ष कामदारहरुले भिसाका लागि जब अफर पाउनु पर्नेछ साथै अंग्रेजीमा दक्षता र वार्षिक २५ हजार ६०० पाउण्ड तलब पाउने हुनुपर्नेछ ।
उता अहिले बेलायतमा रहिरहेका युरोपियन मुलुकका नागरिकहरुले भने ३० जनवरी २०२१ सम्ममा बेलायतमा बसोबासका लागि आवेदन दिइसक्नुपर्नेछ । उनीहरुको आवेदन सफल भएमा उनीहरु बेलायतमा बसोबास गर्न र अहिले प्राप्त सुविधाहरु पाउन योग्य हुनेछन् अन्यथा उनीहरुले बेलायत छोड्नपर्ने हुन्छ ।
आयरल्याण्डका नागरिकहरुले भने कुनै यस्तो कुनै पनि किसिमको आवेदन दिन पर्ने छैन ।
दक्ष कामदारका लागि नम्बरमा आधारित अध्यागमन प्रणाली ल्याइएको छ । यस भिसाका लागि आवेदन गर्दा ६१० देखि १ हजार ४०८ पाउण्डसम्म लाग्ने बताइएको छ । यसबाहेक आवेदकले पुग्दो बैँक सन्चिती पनि देखाउनु पर्नेछ । आवेदन गरेको तीन सातामा उनीहरुको आवेदन सफल भए नभएको थाहा दिइने बताइएको छ ।
यसैगरी बेलायत सरकारले ग्लोबल ट्यालेण्ट, इन्नोभेटर र स्टार्ट अप भिसा योजना पनि ल्याएको छ । जसबाट तीक्ष्ण, नवीन सोचाइ भएका र व्यावसायिक प्रतिभाहरुलाई बेलायत भित्र्याउने योजना ल्याएको छ ।
बेलायतकी गृह मन्त्री प्रीति पटेलले नयाँ अध्यागमन प्रणाली सरल, प्रभावकारी र लचिलो हुने र बेलायतमा रहेको विभिन्न सीपको कमीलाई पूरा गर्ने किसिमको भएको बताएकी छिन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा