लण्डन । ब्रेक्जिटपछि बेलायतमा काम गर्न चाहने श्रमिक र अन्यका लागि मंगलबारदेखि भिसा आवेदन खुला हुँदैछ ।
युरोपियन मुलुकलगायत सबै विदेशी मुलुकका नागरिकले जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि भिसा आवेदन गर्नु पर्नेछ र उनीहरुले अनलाइनबाट भिसा आवेदन गर्न पर्ने छ ।
दक्ष कामदारहरुले भिसाका लागि जब अफर पाउनु पर्नेछ साथै अंग्रेजीमा दक्षता र वार्षिक २५ हजार ६०० पाउण्ड तलब पाउने हुनुपर्नेछ ।
उता अहिले बेलायतमा रहिरहेका युरोपियन मुलुकका नागरिकहरुले भने ३० जनवरी २०२१ सम्ममा बेलायतमा बसोबासका लागि आवेदन दिइसक्नुपर्नेछ । उनीहरुको आवेदन सफल भएमा उनीहरु बेलायतमा बसोबास गर्न र अहिले प्राप्त सुविधाहरु पाउन योग्य हुनेछन् अन्यथा उनीहरुले बेलायत छोड्नपर्ने हुन्छ ।
आयरल्याण्डका नागरिकहरुले भने कुनै यस्तो कुनै पनि किसिमको आवेदन दिन पर्ने छैन ।
दक्ष कामदारका लागि नम्बरमा आधारित अध्यागमन प्रणाली ल्याइएको छ । यस भिसाका लागि आवेदन गर्दा ६१० देखि १ हजार ४०८ पाउण्डसम्म लाग्ने बताइएको छ । यसबाहेक आवेदकले पुग्दो बैँक सन्चिती पनि देखाउनु पर्नेछ । आवेदन गरेको तीन सातामा उनीहरुको आवेदन सफल भए नभएको थाहा दिइने बताइएको छ ।
यसैगरी बेलायत सरकारले ग्लोबल ट्यालेण्ट, इन्नोभेटर र स्टार्ट अप भिसा योजना पनि ल्याएको छ । जसबाट तीक्ष्ण, नवीन सोचाइ भएका र व्यावसायिक प्रतिभाहरुलाई बेलायत भित्र्याउने योजना ल्याएको छ ।
बेलायतकी गृह मन्त्री प्रीति पटेलले नयाँ अध्यागमन प्रणाली सरल, प्रभावकारी र लचिलो हुने र बेलायतमा रहेको विभिन्न सीपको कमीलाई पूरा गर्ने किसिमको भएको बताएकी छिन् ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार