बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले संघ भित्र बिकृति फैलाउने काम नेकपा निकट प्रवासी नेपाली मंच (ओएनएफयु)हरु र काग्रेस निकट जनसम्पर्क समिति (एनपिसीसी)हरुले गरेको आरोप लगाएका छन् । नेकपा स्रोतका अनुसार ओएनएफयु जर्मनीमार्फत नेकपामा लेवी तिर्दै आएका संघ अध्यक्ष पन्तले नेकपा र काग्रेसका प्रवासी नेताहरुलाई संस्थामा बिकृति भित्र्याउने मुख्य दोषीका रुपमा प्रस्तुत गरेका हुन् ।
त्यसमा कुन कुन नेताहरु संलग्न छन् भन्ने बारेमा उनी मौन रहे । बेल्जियममा आइतबार जुममार्फत भएको साधारण सभामा कडा रुपमा प्रस्तुत भएका पन्तले भने, ‘जनसम्पर्क समिति, ओएनएफ, एनडिएफ (पूर्व एमाले निकट) के-के रातभरि बैठक बस्ने त्यो निर्णय लागू गर्न संघलाई क्रिडास्थल बनाउने नराम्रो काम भैरहेको छ । यसलाई हामीले रोक्नु पर्छ ।’ अध्यक्ष पन्तले संस्थालाई राजनीतिकरण गर्ने घृणित कार्य जुन गरिएको त्यसलाई प्रतिवाद गर्नका लागि आफू सक्षम रहेको जवाफ दिएका छन् ।
‘विशेष महाधिवेशन’ जनवरीको अन्तिम साता तोकिसकेको अवस्थामा राजनीतिक स्वार्थसिद्धका लागि संस्थालाई प्रयोग गर्न खोजिएको उनले दावी गरे ।
‘गुटमा पहिल्यै एउटा कुरा बनाएर आएर पस्किने काम गरिएको छ । त्यसलाई वेवास्ता गरिन्छ ‘, उनले भने । ८० लाख एनआरएनएहरुलाई मिलेर बस्न नदिनु अपराध भएको दावी गर्दै उनले क्षणिक स्वार्थसिद्धी गरी एनआरएनए धुजा-धुजा गर्न धेरै मानिस लागेको जिकिर गरे । अध्यक्ष पन्तले पार्टीका विकृति फैलाउने सम्बन्धी समूहहरुमा बारेमा थाहा भएकाले त्यसमा नलाग्न आग्रह गरे । निर्वाचनमा विकृति भएको स्वीकारोक्ति समेत उनको थियो ।
गत निर्वाचनमा नेकपाका अध्यक्ष केपी ओलीकै सरकारको समर्थन पन्तलाई थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग समर्थन लिएवापत सचिव पदका उम्मेदवारी हाल्ने तयारी गरिरहेका डिबी क्षेत्रीलाई प्रवक्तामा राख्ने सहमति गरेका थिए । सोही सहमतिका कारण प्रचण्ड निकट क्षेत्री संघका प्रवक्ता छन्। नवौं सम्मेलन अघि भीम रावलसँग निकट सम्बन्ध राख्नका लागि पन्त उनको घर केही मंहगो रकममा खरीद समेत गरेका थिए ।
एनआरएनए स्रोतका अनुसार गत वर्ष काठमाडौंमा सम्पन्न नवौं सम्मेलनमा निर्वाचनमा भाग लिएकामध्ये नेकपाको कोटामा अध्यक्ष पन्त, उपाध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल र प्रवक्ता डिबी क्षेत्री आइसीसीमा छन । त्यस्तै, कांग्रेसको कोटाबाट निर्वाचनमा भाग लिएकामध्ये उपाध्यक्षद्वय मन केसी, रविना थापा, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ कार्यसमितिमा छन् । एनआरएनए निर्वाचनमा निर्वाचित हुनका लागि प्राय: सबै उम्मेदवारहरु नेताहरुको घर-घर पुगेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा