यस अनलाइन पोर्टलमा एनआरएन युकेको २०१७-१९ कार्य समितिसँग सम्बन्धित समाचारहरुमा एनआरएन युकेकी अध्यक्ष श्रीमती पूनम गुरुङको नाम र तस्वीर असान्दर्भिक रुपमा पटकपटक छापिएको भनी हामीलाई प्राप्त गुनासोका सम्बन्धमा हाम्रो भनाइ निम्नअनुसार रहेको हामी हाम्रा आदरणीय पाठक वर्ग तथा सम्बन्धित पक्षलाई जानकारी गराउंदछौं।
१. वीनेपाली डटकम आफ्नो स्थापनाकालदेखि नै पत्रकारिताको पेशागत मूल्य, मान्यता र आदर्शको पालना गर्नेतर्फ सदैव सजग रहँदै आएको छ । हामीले प्रवासमा खासगरी बेलायतमा रहेको नेपाली समुदायका समाचारहरु निस्पक्ष ढंगले संकलन र सम्प्रेषण गर्दै आएका छौं । प्रवासमा रहेका नेपाली समुदायका समस्या तथा प्रगतिलाई बेलायतवासी नेपाली समुदाय साथै हाम्रो मूलथलो नेपालसँग जोड्नमा हाम्रो प्रयास रहँदै आएको छ ।
२. समाचार प्रकाशनका क्रममा कसैको पनि चरित्रहत्या गर्ने, आधारहीन आरोप लगाउने वा एकपक्षीय समाचार सम्प्रेषण गर्ने हाम्रो सम्पादकीय नीति नरहेको स्पष्ट पार्न चाहन्छौँ । हाम्रो समाचारमा प्रयुक्त तस्वीरबाट एनआरएनए युकेकी अध्यक्ष श्रीमती पूनम गुरुङ र उहाँको परिवारमा पर्न गएको असुविधाका लागि हामी क्षमायाचना गर्दछौं।
३. वीनेपाली सत्यतथ्य, जिम्मेवार र सन्तुलित सामग्री पाठकसामू पस्कनेमा सदैव तत्पर र प्रयत्नरत छ । र, सो अठोट आगामी दिनमा कायमै रहने प्रतिवद्धता दोहोर्याउन चाहन्छौँ । प्रवासमा सीमित स्रोत साधनका वावजुद पत्रकारिता गर्नुपर्दा कहिलेकाहीं गल्ती, त्रुटि, कमजोरीहरु हुन सक्छन् । त्यसैले हाम्रो वेबसाइटमा प्रकाशित सामग्रीहरुमा कुनै गल्ती, त्रुटि वा कमजोरीहरु भए त्यसका बारेमा टिप्पणी, प्रतिक्रिया र आलोचना गर्न हामी हाम्रा पाठकहरुलाई सादर अनुरोध गर्दछौँ । त्यस्ता कमजोरीलाई सच्याउन हामी सदा तयार छौँ, तर स्वतन्त्र प्रेस र व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता माथिको धाकधम्की र हमला हामीलाई स्वीकार्य हुने छैन ।
सम्पादक
विनेपाली डटकम
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा