लण्डन । बेलायतले मोडना कम्पनीले विकसित गरेको कोरोना भाइरसविरुद्धको खोप थप २० लाख डोज मगाएको छ ।
यसबारेमा बेलायत सरकार र मोडनाबीच आइतबार हस्ताक्षर सम्पन्न भएको छ । योसँगै बेलायतले कुल ७० लाख डोज मोडनाको खोप मगाएको छ । यसबाट ३५ लाख मानिसहरुलाई खोप लगाउन पुग्ने बताइएको छ ।
मोडनाको खोपको तेस्रो चरणको परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको थियो । यो खोप फाइजरको खोपभन्दा भण्डारण र ओसारपसारमा सजिलो हुने बताइएको छ ।
बेलायतमा सो खोप दिनका लागि बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) बाट अनुमति पाउनु पर्दछ । यदि एमएचआरएबाट अनुमति पाएको खण्डमा अर्को वर्षको वसन्त यामसम्ममा सो खोप सर्वसाधारणलाई लगाउन सकिने बताइएको छ ।
हालसम्म बेलायतले विभिन्न सातवटा कम्पनीका करोड ७० लाख डोज खोप मगाइसकेको छ । जसमा अक्सफोर्ड र आष्ट्राजेनिकाको १० करोड डोज, फाइजरको चार करोड डोज, नोभाभाक्सको ६ करोड डोज, भाल्नेभाको ६ करोड डोज, जीएसकेको ६ करोड डोज र जानसेनको ३ करोड डोज रहेका छन् ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त