लण्डन । बेलायतले मोडना कम्पनीले विकसित गरेको कोरोना भाइरसविरुद्धको खोप थप २० लाख डोज मगाएको छ ।
यसबारेमा बेलायत सरकार र मोडनाबीच आइतबार हस्ताक्षर सम्पन्न भएको छ । योसँगै बेलायतले कुल ७० लाख डोज मोडनाको खोप मगाएको छ । यसबाट ३५ लाख मानिसहरुलाई खोप लगाउन पुग्ने बताइएको छ ।
मोडनाको खोपको तेस्रो चरणको परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको थियो । यो खोप फाइजरको खोपभन्दा भण्डारण र ओसारपसारमा सजिलो हुने बताइएको छ ।
बेलायतमा सो खोप दिनका लागि बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) बाट अनुमति पाउनु पर्दछ । यदि एमएचआरएबाट अनुमति पाएको खण्डमा अर्को वर्षको वसन्त यामसम्ममा सो खोप सर्वसाधारणलाई लगाउन सकिने बताइएको छ ।
हालसम्म बेलायतले विभिन्न सातवटा कम्पनीका करोड ७० लाख डोज खोप मगाइसकेको छ । जसमा अक्सफोर्ड र आष्ट्राजेनिकाको १० करोड डोज, फाइजरको चार करोड डोज, नोभाभाक्सको ६ करोड डोज, भाल्नेभाको ६ करोड डोज, जीएसकेको ६ करोड डोज र जानसेनको ३ करोड डोज रहेका छन् ।
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण