
लण्डन । नेकपा प्रवास समन्वय कमिटीले सचिवालय बैठक अघि नै नेताहरुलाई पार्टी विभाजन रोक्नका लागि सामूहिक हस्ताक्षर बुझाउने भएको छ ।
गत बिहीबार प्रवास कमिटी अध्यक्ष युवराज चौलागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले आगामी १३ मंसिरमा सचिवालय बैठक बस्नुअघि नै पार्टीलाई विभाजनबाट रोक्न दबाबस्वरुप हस्ताक्षर बुझाउने निर्णय गरेको हो ।
करिब ४ घण्टासम्म चलेको नेकपा प्रवास समन्वय कमिटीको बैठकमा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली एकता मंच नेताहरु सहभागी थिए । बैठकमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र जनार्दन शर्मा (प्रभाकर)ले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता व्यक्त गरे । साथै नेताद्वयले कुनै नेता विशेष वा पार्टीको एकतालाई नोक्सान हुने गरी सार्वजनिक रुपमा टीकाटिप्पणी नगर्न अनुरोध गरेको बताइन्छ ।
बैठकमा पार्टी भित्र प्रमुख नेतृत्व विच पैदा भएको अविश्वास र टकरावको विषयमा केन्द्रित रही छलफल भएको थियो । ‘देश र जनताको अनि स्वयं पार्टीको हितका लागि पार्टीको एकता कायम रहन पर्छ र कुनै किसिमको विभाजन नहोस् भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय तथा सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी १३ मंसिरको बैठक अगावै सामूहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय भएको छ।’ प्रवासी नेपाली एकता मंच युकेका सचिव सुरेश गौतमले भने ।
उक्त बैठक श्रीप्रसाद शाहको संचालन गरेका थिए भने तिल विश्वकर्माको स्वागत मन्तव्य राखेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]