
लण्डन । नेकपा प्रवास समन्वय कमिटीले सचिवालय बैठक अघि नै नेताहरुलाई पार्टी विभाजन रोक्नका लागि सामूहिक हस्ताक्षर बुझाउने भएको छ ।
गत बिहीबार प्रवास कमिटी अध्यक्ष युवराज चौलागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले आगामी १३ मंसिरमा सचिवालय बैठक बस्नुअघि नै पार्टीलाई विभाजनबाट रोक्न दबाबस्वरुप हस्ताक्षर बुझाउने निर्णय गरेको हो ।
करिब ४ घण्टासम्म चलेको नेकपा प्रवास समन्वय कमिटीको बैठकमा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली एकता मंच नेताहरु सहभागी थिए । बैठकमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र जनार्दन शर्मा (प्रभाकर)ले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता व्यक्त गरे । साथै नेताद्वयले कुनै नेता विशेष वा पार्टीको एकतालाई नोक्सान हुने गरी सार्वजनिक रुपमा टीकाटिप्पणी नगर्न अनुरोध गरेको बताइन्छ ।
बैठकमा पार्टी भित्र प्रमुख नेतृत्व विच पैदा भएको अविश्वास र टकरावको विषयमा केन्द्रित रही छलफल भएको थियो । ‘देश र जनताको अनि स्वयं पार्टीको हितका लागि पार्टीको एकता कायम रहन पर्छ र कुनै किसिमको विभाजन नहोस् भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय तथा सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी १३ मंसिरको बैठक अगावै सामूहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय भएको छ।’ प्रवासी नेपाली एकता मंच युकेका सचिव सुरेश गौतमले भने ।
उक्त बैठक श्रीप्रसाद शाहको संचालन गरेका थिए भने तिल विश्वकर्माको स्वागत मन्तव्य राखेका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा