लण्डन । नेपाली राजदूतावास लण्डनले आज ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी सँगको सहकार्यमा ‘विज्ञान कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यको सम्बृद्धिबाट राज्यको स्वास्थ्यतर्फको यात्रा’ विषयक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गर्यो ।
कार्यक्रममा विशेषगरी वर्तमान अन्तर्राष्ट्रिय चुनौतीहरुका सन्दर्भमा सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भूमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनजस्ता विश्वव्यापी विषयहरु तथा त्यसबाट अन्तर्राष्ट्रिय सम्बन्धहरुमा परेको प्रभावहरुका बारेमा विचार विमर्श भयो।
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त वेबिनारमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र मन्त्री ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रुपमा रहेको विश्वव्यापी संकटका रुपमा रहेको कोभिड-१९ संक्रमणले नेपालजस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताउनुभयो।
सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै राजदूत डा. सुवेदीले विश्वव्यापी चुनौतीका रुपमा रहेको मौसम परिवर्तनले नेपाल लगायत विकासशील एवं भूपरिवेष्टित राष्ट्रहरुमा देखिएको दुष्परिणाम लगायतका बारेमा सघन बहस तथा छलफल गर्ने उद्देश्यले नेपालले सन् २०२१ मा अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय समस्याहरुको निराकरणको लागि कूटनीति र विज्ञान तथा प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो ।
कार्यक्रमका वक्ता ग्लास्गो क्यालेडोनियन युनिभर्सिटीका प्राध्यापक एन्टोनी मोर्गनले उक्त विश्वविद्यालयको संक्षिप्त जानकारी गराउँदै विज्ञान कूटनीति र जनस्वास्थ्य सुरक्षाका विविध पक्षहरुको विषयमा चर्चा गर्नुभयो । त्यसैगरी, जर्मनीको बर्लिनस्थित युनिभर्सटी अफ युरोप फर अप्लाइड साइन्सेजका रेक्टर प्रा. मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिकाको उल्लेख गर्नुहुँदै कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावका बारेमा प्रकाश पार्नुभयो । युनिभर्सिटी अफ इस्ट एंगिलाका प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती रहेको भन्दै वैज्ञानिकहरुको बीचको सहयोग तथा सहकार्य र विज्ञान कूटनीति प्रभावकारी देखिएको बताउनुभयो ।
कार्यक्रमका अर्का प्रस्तोताका रुपमा अल्वानियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकार ह्यरिस वोङ्गलीले कोभिड संक्रमणका सन्दर्भमा अल्वानियाको अनुभव सुनाउँदै महामारीका समयमा विकासशील देशहरुले भोग्नुपर्ने समस्याहरुको बारेमा प्रस्तुति दिनुभयो । अल्बानियलन कल्चर फाउण्डेसन कुवेतका महासचिव तथा ट्युनिसियाको परराष्ट्र मन्त्रालयका सेक्रेटरी अफ स्टेट प्राध्यापक तोहामी अब्दुलीले कूटनीति र अन्तर्राष्ट्रिय ऐक्यवद्दताको बारेमा जानकारी दिंदै नयाँ विश्वव्यवस्था निर्माणमा विश्वव्यापी ऐक्यवद्दताको लागि कूटनीतिको महत्वको बारेमा प्रस्तुति दिनुभयो । त्यसैगरी, अर्का प्रस्तोता ग्लास्गो क्यालेडोनियन युनिभर्सिटीका प्राध्यापक टिटुस ओलानीले दिगो तथा नविकरणीय उर्जा विकासका विषयमा आफ्नो प्रस्तुति दिनुभयो । ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी अन्तर्राष्ट्रिय कूटनीतिका प्राध्यापक नबिल अयादले संचालन गर्नुभएको उक्त वेबिनारको समन्वय राजदूतावासका उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश