
युकेका नेपाली संघसंस्थालाई आइएमईबाट नेपाल पैसा पठाउँदा सहयोग
लण्डन । बेलायतमा रहेका नेपाली समुदायका संघसंस्थाहरुले विभिन्न कार्यका लागि सहयोग वापत उठाएको पैसा नेपाल पठाउँदा आइएमई लण्डनले थप सहयाेग गर्ने भएको छ ।
आइएमई लण्डनका प्रबन्ध निर्देशक कमल पौडेलका अनुसार संस्थाहरुले उठाएको रकम आइएमईमार्फत पठाएमा पठाइएको सहयोग राशीको शुन्य दशमलब सात प्रतिशत आइएमईले थपिदिने छ । उनले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले गरिररहेको सामाजिक कार्यमा थोरै सहयोग मिलोस् भनेर यो योजना ल्याएको बताए ।
तर त्यस्तो सहयोग संस्थागत भएको पुष्टि भने सम्बन्धित पक्षले गराउनुपर्नेछ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार यो योजना आगामी चैत अन्त्यसम्म रहने छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक