लण्डन । बेलायत सरकारले क्रिसमसको समयमा पाँच दिनको लागि तीन परिवारसम्म भेट्न दिने नियम बनाएको छ ।
बेलायतको चारवटै राज्यहरु इङल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा चाडवाडका लागि डिसेम्बर २३ देखि २७ सम्म सो नियम ल्याइएको हो ।
सो अवधिमा तीन परिवारका सदस्यहरु घरभित्र र बाहिर भेट्न पाउने छन् तर उनीहरुलाई रेस्टुरेन्ट वा पवहरुमा भेटन भने अनुमति दिइएको छैन । यसरी एउटा क्रिसमस समूहभित्र रहेको परिवारले अर्को क्रिसमस समूह बनाउन पाउने छैन । एउटा परिवार एउटा क्रिसमस समूहमा मात्र रहन पाउने छ । तर सेल्फआइसोलेसनमा रहेकाहरुले भने क्रिसमस समूह बनाउन पाउने छैनन् ।
यसरी बनेका समूहका परिवारले बेलायतभर सो अवधिमा आवतजावत गर्न पाउने छन् । उत्तरी आयरल्याण्ड जाने वा उत्तरी आयरल्याण्डबाट बाहिरिनेलाई भने एक अगावै र एक दिन पछिसम्म पनि आवतजावत गर्न दिइएको छ । घरबाहिर सार्वजनिक स्थानमा भेट गर्न पाउने छन् । प्रार्थना गर्ने स्थानहरुमा सँगै जान पाउने छन् । तर सो समूहबाहेकका अन्यसित भने निजी घरमा भेट्न पाउने छैनन् ।
यसअघि नै रहेका पारिवारिक सहयोगको समूहलाई क्रिसमस समूहमा एक घर मानिने छ र उनीहरुले अन्य दुई घरका सदस्यसित क्रिसमस समूह बनाउन पाउने छन् । विश्वविद्यालयबाट घर आएका विद्यार्थीहरुलाई छुट्टै परिवार मानिने छैन । उनीहरु जुन परिवारका सदस्य हुन् उनीहरुभित्रै गणना गरिने छ ।
घरैभित्र क्रिसमस समूहभित्र बसेर क्रिसमस मनाउँदा पनि झ्याल खोलेर प्रशस्त ताजा हावा कोठामा आउन दिन सुझाव दिइएको छ । यस्तै नियमित हात धुन र नियमित छोइने स्थानहरु नियमित सफा राख्न भनिएको छ ।
यदि डिसेम्बर २३ देखि २७ भित्र क्रिसमस समूहका कोही सदस्यलाई कोरोना भाइरसको संक्रमण भेटिएमा समूहका सबै सदस्यहरु आइसोलेसनमा बस्न पर्नेछ ।
क्रिसमस समूहमा अति नाजुक स्वास्थ्य अवस्था भएका र केयर होममा बसिरहेका परिवारका सदस्यहरुलाई पनि राख्न सकिने छ तर उनीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उपाय अपनाउन सल्लाह दिइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश