शनिबार, माघ ३ २०७७ | Sat, January 16, 2021
नेपालको समय: १९:५३ | UK Time: 14:08

डिसेम्बर १५ देखि इङल्याण्ड आउँदा पाँचदिन क्वारेन्टिनमा बसे पुग्ने

वीनेपाली
२०७७ मंसिर ९ गते १३:५८

लण्डन । डिसेम्बर १५ देखि बेलायत सरकारले तय गरेको ‘सुरक्षित यात्राको सूची’मा नरहेका देशहरुबाट इङल्याण्ड आउँदा अब पाँच दिन क्वारेन्टिनमा बसे पुग्ने भएको छ ।

बेलायतका यातायात मन्त्री ग्रान्ट सापका अनुसार इङल्याण्ड आएको पाँच दिनपछि कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ परिणाम आएमा त्यसपछि क्वारेन्टीमा बस्नपर्ने छैन । तर त्यस्तो जाँचको शुल्क भने यात्रा गर्ने व्यक्ति स्वयंले तिर्नपर्नेछ । सो शुल्क ६५ देखि १२० पाउण्डसम्म पर्ने बताइएको छ ।

उनले नयाँ व्यवस्थाबाट अन्तर्राष्ट्रिय यात्रामा सघाउ पुर्याउने बताएका छन् ।

वेल्स र उत्तरी आयरल्याण्डले पनि यस्तै व्यवस्था गर्न लागेका छन् ।

सरकारको नयाँ नियमको हवाइ सेवा सन्चालकहरुले स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक