लण्डन । बीबीसी विश्वसेवाले विश्वभरका प्रेरणाका स्रोत मानिने एक सय महिलाहरु मध्येमा एक जना नेपाली युवती छानिएकी छिन । बेवारिसे अवस्था रहेका लासहरुलाई व्यवस्थापन गर्ने संस्थामा आवद्ध १८ वर्षीया सपना रोक्का मगरलाई बीबीसी विश्वसेवाले प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमासोमबार छानेको हो ।
१२ महिना र कोरोना महामारीको अवधिमा पनि सकृय रहेका मध्ये बीबीसीको ‘बीबीसी १०० वमेन २०२०’ मा परेका एक सय महिलामा फिडल्याण्डको महिला प्रधानमन्त्री सन्ना मरिनदेखि अक्सफोर्ड युनिभरसिटीका कोरोना भाइरसलाई नेतृत्व गर्नेमध्ये एक साराह गिल्बर्ट हुँदै नेपाली चेली सपनासम्म परेकी हुन ।
बीबीसीले चार विधामा ती एक सय महिलाहरु छानेको हो । जसमा ज्ञान, नेतृत्व, सिर्जनशीलता र पहिचान छन । बीबीसीका अनुसार शव (दाह संस्कार) व्यवस्थानको प्राविधिक रुपमा कार्यरत मगरले तीन महिनासम्म घरवार विहीन भएपछि वेवारिसे बनेको मानिसहरुको लास जलाउने गरेकी छिन ।
शव दाह संस्कार अघि अस्पताल लगेर पोस्ट मार्टम गर्ने र पैतिस दिनसम्म कोही दावी गर्न नआए दागबत्ति दिने काम उनी र सम्बद्ध संस्थाले गर्दै आएको छ । ‘यो काम समाजसेवी हुनका लागि मात्र नभै आत्मासन्तुष्टीका लागि गरेको हु’, उनले बीबीसीलाई भनेकी छिन, ‘मानिस वेवारिसे भए पनि दाह सस्कार हुनु पर्छ । जसले मृत्यवरण गर्ने मानिसको आत्माले शान्ति पाउँछ ।’
वेवारिसे लासलाई दागवत्ति दिने कार्य नेपाली संस्कार विपरित भएपनि वावा बिनयजंग बस्नेतबाट यो काम सुरु गरेको उनले बताइन । स्थायी घर म्याग्दी भएकी मगर तीन बर्षदेखि वेवारिसे लाख व्यवस्थापन गर्न एक बर्षअघि देखि सकृय रुपमा ‘फ्रन्टलाइन’मा छिन ।
भिडियो सौजन्य : ओएस नेपाल
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश