लण्डन । नेपाल चलचित्र कलाकार संघ यूकेले बेलायतस्थित कलाकारहरुको बिकासका लागि काम गर्ने योजनासहितको प्रतिवद्धता व्यक्त गरेको छ । चलचित्र कलाकार संघ यूके अध्यक्ष रोमियन लिम्बूको अध्यक्षतामा सम्पन्न प्रथम बार्षिकोत्सवमा कलाकारको हकहितमा काम गर्ने निर्णय गरिएको हो । कोरोनाका कारण बार्षिकोत्वस भर्चुअल गरिएको हो ।
कार्यक्रममा चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्काले बेलायतमा नेपाली चलचित्रको विकास र पहिचान स्थापना गर्ने कार्यमा हालको युके कार्य समितिले राम्रो काम गरेको भन्दै सबैलाई बधाई तथा शुभकामना दिए ।
उक्त अवसरमा बोल्दै अध्यक्ष लिम्बुले परिस्थिती सुधार हुँनासाथ चलचित्र निर्माणमा आफ्नै सिर्जनात्मक कार्यको थालनी हुने भन्दै उनले चलचित्र क्षेत्रमा काम गर्न आस्था राख्ने नयाँ पीढिहरुलाई पनि यस क्षेत्रमा ल्याउने बताइन्।
अध्यक्ष लिम्बूले बेलायतमा चलचित्र संघ भएको भन्ने थाहा हुँदा हुँदै पनि केही समय अघि लण्डन स्थित नेपाली राजदूतावासमा चलचित्र महोत्सब भनेर गरिएको कार्यक्रमको विरोध प्रकट गरिन् । उनले भविष्यमा नेपाली चलचित्रको प्रचार प्रसार तथा कलाकारहरुको हकहितका लागि केही प्रोजेक्ट गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन ।
उपाध्यक्ष सुरेश राज पाठक, नायक ध्रुव दत्त,गोर्खा मिडियाका बरिष्ठ फोटो पत्रकार मिलन तमू, कोषाध्यक्ष इन्दु लिम्बू, सहकोषाध्यक्ष शान्त कुमार राई, सचिव सिर्जना निङलेखू, सदस्यहरु सन्तोष राई, प्रतिमा दुतराज, प्रतिक दुतराज, मनसुधन थापा मगरको समेत उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुरेशराज पाठकले गरेका थिए ।
सल्लाहकारहरु नेपाल प्रेस यूनियन यूकेका अध्यक्ष बिपिन निरौला, गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष रविन गुरुङ, काउन्सिलर प्रवेश केसी लगायतले शुभकामना ब्यक्त गरेका थिए।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल