लण्डन । हङकङको आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ ।
१८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा शुक्रबार निधन भएको हो ।
उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् ।
गत आइतबार याउमातेउ स्थित जिरे खुर्सानी रेस्टुरेन्टमा जन्मदिन मनाउने क्रममा पुगेका उनी अचानक फैलिएको आगालागीमा परी गम्भीर घाइते भएकी थिइन् ।
घटनामा हालसम्म कँडेल परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । उनको ठूलोबा युवराज (राज) कँडेल, ठूलो बाकी छोरी कीर्तिका र फूपाजु रामबाबु नेपाल र फूपूका छोरा रायन नेपालको यसअघि नै निधन भइसकेको छ ।
सुरेखाको निधनसँगै सो घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
आगलागीमा परी घाइते उनका बुबा कृष्णबहादुर आमा देविका र भाइको अस्पतालमा उपचार भइरहेको छ । साथै घटनामा घाइते अन्य नौ जनाको विभिन्न अस्पतामा उपचार भइरहेको छ ।
सो आगलागीपछि हङकङमा आगलागीबाट कसरी सुरक्षित रहने भन्ने बारेमा सरकारी तवरबाट चासो र चिन्ता व्यक्त हुन थालेको छ । पुराना संरचनाहरुमा कसरी आगलागीबाट बच्ने उपायहरु अपनाउने भन्ने बारेमा सरकारले अनुगमन गर्ने तयारी गरेको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै