लण्डन । मगर संघ प्लमस्टिड शाखाले सगरमाथाको उचाइ बराबरको दुरी दौडेर असहाय महिला तथा बालबालिकाको आश्रयस्थललाई सहयोग गरेको छ ।
ललितपुरमा रहेको स्नेही काखले मानसिक सन्तुलन गुमाएका कारण समाजबाट अपहेलित, वेवारिसे महिलाहरुलाई सडकबाट उद्दार गर्दै अस्पतालमा लगेर उपचार गराइदिने र उनीहरुले जन्माएका बालबच्चाहरुलाई पालनपोषण र शिक्षा समेत दिई उदाहरणीय कार्य गरेका कारण सहयोग गरिएको अध्यक्ष दलप्रसाद थापाले बताए ।
कोभिड १९ को महामारी र लकडाउनमा विगतका वर्षहरुमा जस्तो हल बुक गरेर कार्यक्रम आयोजना गर्न अनुकूल परिस्थितिको नभएकाले आधुनिक प्रविधिको उपयोग गर्दै अक्टोबरको १ तारिखदेखि अक्टोबरको १० तारिखसम्म सगरमाथा आरोहण आयोजना गरिएको थियो । सगरमाथाको उचाइ २९ हजार ३० फिट बराबर दुरी प्रत्येक सहभागीले दिनहुँ २०० फिट आफ्नै घरको भर्याङमा २० चोटी र १० दिनसम्म कुदेका थिए ।
कार्यसमितिका १५ जना सदस्यहरु, युथ र महिलाहरु समेतले यस कार्यक्रममा भाग लिएका थिए । एभरेष्ट आरोहणमा सहाभागी र आफ्नै आजिवन सदस्यहरु, आफन्त, नातेदार, साथीभाइहरुको सहयोगबाट २ हजार ७२ पाउण्ड १ पेन्स वापतको ३ लाख १६ हजार ६४४ रुपियाँ ५७ पैसा संकलन भएको थियो । जसमध्येबाट ४० प्रतिशत शाखाको कोषमा राखी बाँकी १ हजार २४३ पाउण्ड ३० पेन्स वापतको १ लाख ९० हजार १ रुपियाँ मगर संघ युकेका सल्लाहकार तथा हाल नेपाल प्रतिनिधि मेजर रिटायर्ड कृष्णकुमार आलेले हस्तातरण गर्नुभयो ।
शाखाका अध्यक्ष थापाले सहयोगदातालाई धन्यवाद दिएका छन् ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध