घरमै सगरमाथाको उचाइ बराबर दौडेर सहयोग

 

लण्डन । मगर संघ प्लमस्टिड शाखाले सगरमाथाको उचाइ बराबरको दुरी दौडेर असहाय महिला तथा बालबालिकाको आश्रयस्थललाई सहयोग गरेको छ ।

ललितपुरमा रहेको स्नेही काखले मानसिक सन्तुलन गुमाएका कारण समाजबाट अपहेलित, वेवारिसे महिलाहरुलाई सडकबाट उद्दार गर्दै अस्पतालमा लगेर उपचार गराइदिने र उनीहरुले जन्माएका बालबच्चाहरुलाई पालनपोषण र शिक्षा समेत दिई उदाहरणीय कार्य गरेका कारण सहयोग गरिएको अध्यक्ष दलप्रसाद थापाले बताए ।

कोभिड १९ को महामारी र लकडाउनमा विगतका वर्षहरुमा जस्तो हल बुक गरेर कार्यक्रम आयोजना गर्न अनुकूल परिस्थितिको नभएकाले आधुनिक प्रविधिको उपयोग गर्दै अक्टोबरको १ तारिखदेखि अक्टोबरको १० तारिखसम्म सगरमाथा आरोहण आयोजना गरिएको थियो । सगरमाथाको उचाइ २९ हजार ३० फिट बराबर दुरी प्रत्येक सहभागीले दिनहुँ २०० फिट आफ्नै घरको भर्याङमा २० चोटी र १० दिनसम्म कुदेका थिए ।

कार्यसमितिका १५ जना सदस्यहरु, युथ र महिलाहरु समेतले यस कार्यक्रममा भाग लिएका थिए । एभरेष्ट आरोहणमा सहाभागी र आफ्नै आजिवन सदस्यहरु, आफन्त, नातेदार, साथीभाइहरुको सहयोगबाट २ हजार ७२ पाउण्ड १ पेन्स वापतको ३ लाख १६ हजार ६४४ रुपियाँ ५७ पैसा संकलन भएको थियो । जसमध्येबाट ४० प्रतिशत शाखाको कोषमा राखी बाँकी १ हजार २४३ पाउण्ड ३० पेन्स वापतको १ लाख ९० हजार १ रुपियाँ मगर संघ युकेका सल्लाहकार तथा हाल नेपाल प्रतिनिधि मेजर रिटायर्ड कृष्णकुमार आलेले हस्तातरण गर्नुभयो ।

शाखाका अध्यक्ष थापाले सहयोगदातालाई धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री