लण्डन । हङकङमा आगलागीमा बितेका सातै जनाको सनाखत भएको छ ।
हङकङका सरकारी अधिकारीले दिएको सूचना अनुसार मृत्यु हुनेहरुमा ३८ वर्षीय युवराज कँडेल, उनकी छोरी १३ वर्षीया कृतिका कँडेल, कँडेलका ज्वाइँ ३५ वर्षीय रामबाबु नेपाल र नेपालका छोरा ९ वर्षीय रायन नेपाल रहेका छन् ।
कँडेलका श्रीमती गीता कँडेलको अति गम्भीर अवस्थामा क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ । कँडेलका ३ वर्षीय छोराको अवस्थामा सामान्य रहेको छ ।
उता रामबाबुकी श्रीमती तुलसी र उनका सात वर्षीय छोरा दुवैको अवस्था सामान्य छ र उनीहरु घर फर्किसकेका छन् ।
यसैगरी, ३९ वर्षीय शेरबहादुर तामाङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि घटनामा निधन भएको छ । विनिताका पति मुकेश श्रेष्ठको अवस्था चिन्ताजनक छ । उनको क्वाङ वा अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा घाइते युवराज कँडेलका भाइ कृष्णबहादुर कँडेल, उनकी श्रीमती देवकी कँडेल, छोरी शुभेच्छा र छोरा शालिग्रामको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
घटनामा घाइते सावित्रा थापा, हस्तमाया धिमाल राई र आङ लाक्पाको उपचार भइरहेको छ ।
जन्मदिन मनाउने क्रममा हङकङको वाउमातेउमा रहेको जिरे खुर्सानी रेस्टरेन्टमा कँडेल परिवार पुगेका बेला आइतबार राति आगलागी भएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश