लण्डन । हङकङमा आगलागीमा बितेका सातै जनाको सनाखत भएको छ ।
हङकङका सरकारी अधिकारीले दिएको सूचना अनुसार मृत्यु हुनेहरुमा ३८ वर्षीय युवराज कँडेल, उनकी छोरी १३ वर्षीया कृतिका कँडेल, कँडेलका ज्वाइँ ३५ वर्षीय रामबाबु नेपाल र नेपालका छोरा ९ वर्षीय रायन नेपाल रहेका छन् ।
कँडेलका श्रीमती गीता कँडेलको अति गम्भीर अवस्थामा क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ । कँडेलका ३ वर्षीय छोराको अवस्थामा सामान्य रहेको छ ।
उता रामबाबुकी श्रीमती तुलसी र उनका सात वर्षीय छोरा दुवैको अवस्था सामान्य छ र उनीहरु घर फर्किसकेका छन् ।
यसैगरी, ३९ वर्षीय शेरबहादुर तामाङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि घटनामा निधन भएको छ । विनिताका पति मुकेश श्रेष्ठको अवस्था चिन्ताजनक छ । उनको क्वाङ वा अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा घाइते युवराज कँडेलका भाइ कृष्णबहादुर कँडेल, उनकी श्रीमती देवकी कँडेल, छोरी शुभेच्छा र छोरा शालिग्रामको अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
घटनामा घाइते सावित्रा थापा, हस्तमाया धिमाल राई र आङ लाक्पाको उपचार भइरहेको छ ।
जन्मदिन मनाउने क्रममा हङकङको वाउमातेउमा रहेको जिरे खुर्सानी रेस्टरेन्टमा कँडेल परिवार पुगेका बेला आइतबार राति आगलागी भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा