शेर्पा संघ युकेको अध्यक्षमा आङदाबा शेर्पा निर्वाचित

लण्डन । शेर्पा संघ बेलायतको अध्यक्षमा आङदाबा च्याबा शेर्पा निर्वाचित भएका छन् ।

संघका अध्यक्ष साना शेर्पाको कोभिड १९ का कारण निधन भएपछि संघले आइतबार विशेष अधिवेसन गरी सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

नवनिर्चाचित समितिका प्रथम उपाध्यक्षमा ङवाङ योन्तेन ग्याछो लामा शेर्पा, उपाध्यक्ष श्रीमती आङलाक्पा शेर्पा, महासचिवमा रिन्जी शेर्पा लामा, सचिवमा श्रीमती डोल्मा शेर्पा, कोषाध्यक्षमा नुरी शेर्पा र सहकोषाध्यक्ष काजी शेर्पा रेडिङ रहेका छन् । यसैगरी सँस्कृति श्रीमती याङजी शेर्पा, सँस्कृति सहसचिवमा श्रीमती आङदाली शेर्पा, मिडिया सचिवमा मिङमा नुरु शेर्पा रहेका छन् । सदस्यहरुमा सोनाम शेर्पा, नोर्बु शेर्पा, श्रीमती छिरिङ शेर्पा, दाबा छिरिङ शेर्पा, ल्याक्पा शेर्पा रहेका छन् ।

विश्व शेर्पा संघ प्रमुख अतिथि आङदोर्जे लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पा,  नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा र विभिन्न देशका शेर्पा किदुगका अध्यक्षहरु अतिथिका रुपमा रहेका थिए ।

भर्चुअल रुपमा सम्पन्न विशेष अधिवेसन शेर्पा भाषामै सम्पन्न भएको थियो । कार्यक्रममा शेर्पा सँस्कृतिसँग सम्बन्धित नाचगान भर्चुअल रुपमा प्रस्तुत गरिएको थियो । विशेष अधिवेसनमा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशाेधन सर्वसम्मतरुपमा पारित गरिएको थियो ।

नयाँ कार्यसमिति चयनका लागि काजी शेर्पा संयोजक, गोम्बा शेर्पा सदस्यसचिव र रिन्जी शेर्पा (आसफोर्ड) सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री