लन्डन । नेपालीहरू संसारभर फैलिएर बसे पनि साहित्यका कारण जोडिएको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बताएका छन् । उनले नेपाली राष्ट्रियता कायम गर्दै भावनात्मक एकतामा बाँध्न साहित्य, भाषा र सँस्कृतिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासले ११२ औँ लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा आयोजना गरेको चौथो नेपाली साहित्य महोत्सवमा बोल्दै राजदूत सुवेदीले प्रवासमा रहेका साहित्यकारहरूले पनि साँस्कृतिक दूतका रूपमा काम गरिरहेको भन्दै प्रशंसा गरे । ‘बेलायतमा रहेका सर्जकहरू र साहित्यिक संस्थाहरूले नेपाली पहिचान कायम गर्दै राष्ट्रियता बलियो बनाउन सक्रिय भूमिका निभाएको छ । नेपालकै सुवास साहित्य, कला र सँस्कृतिमार्फत् निरन्तर फैलिरहेको छ,’ उनले भने, ‘प्रवासमा रहेका स्रष्टाहरूको लेखन र चिन्तन राष्ट्रियस्तरका छन् ।’ आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फिर्न लागेका सुवेदीले बेलायत बसाइँका क्रममा नेपाली साहित्यको गतिविधि तीव्र बनाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए । आइतबार मात्रै उनीद्वारा सम्पादित ‘बेलायतमा नेपाली गजल’ र ‘बेलायतमा नेपाली मुक्तक’ कृतिहरू जुममार्फत् सार्वजनिक गरे । यसअघि उनले ‘बेलायतमा नेपाली कविता’ र ‘बेलायतमा नेपाली कथा’ सम्पादन गरेर बाहिर ल्याइसकेका छन् । कार्यक्रममा नेपालको सबैभन्दा जेठो साहित्यिक पत्रिका शारदाको बेलायतमा नेपाली साहित्य विशेषाङ्क पनि लोकार्पण गरिएको थियो ।
महोत्सवमा प्रमुख वक्ताका रूपमा बोल्दै प्रा.डा. माइकल हटले देवकोटा विश्वकै महाकवि भएको उल्लेख गरे । उनले नेपाली साहित्यमा रिमाल, शेरचन, पारिजात लगायतका साहित्यकारहरूले नेपालको परिवर्तनको आन्दोलनमा बौद्धिक हिसाबले भूमिका खेलेको बताए । ‘नेपाली साहित्यको सामथ्र्य अब्बल छ । हामीले केही अुनवाद ग¥यौँ । विश्वमा पु¥याउन थप मिहेनत गर्नुपर्छ ।’ स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजमा लामो समय पढाएका रहेका डा. हटले भने । अर्का अतिथि लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानून पढाइरहेका प्रा.डा. सूर्य सुवेदीले समेत नेपाली साहित्यले कूटनीतिक सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने धारणा राखे ।
साढे पाँच घण्टा चलेका महोत्सवमा बेलायतमा रहेका दर्जन बढी साहित्यिक संस्थाहरूका छ दर्जन बढी सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा बेलायतमा नेपाली साहित्यको संस्थागत विकास शीर्षकमा सुरेशजंग शाह, बेलायती नारी हस्ताक्षरबारे लारा राई र बेलायतको नेपाली साहित्यको स्थितिबारे गोपी सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । तेस्रो चरणमा भने करिब साढे दुई दर्जन बढीले सिर्जना वाचन गरे । महोत्सवमा कोमल मल्ल, घन थापा, प्रतिमा केसी, खगेन्द्र नेपाली, हरि थापा, सुमलकुमार गुरुङ, विजय हितान, अमित थेबे, डम्बरसिं प्रयास, सुरेन्द्र इङ्नाम, मनोज अञ्जान, अहिल्या कुँवर, सुरेशजंग शाह, रामहरि पौडेल, संयुक्त श्रेष्ठ, हिन्द वैद्य, विनोद अधिकारी, लक्ष्मण देवकोटा, सेमन्त राई, मञ्जु भण्डारी, देवेन्द्र खेरेस, सीता खनाल, रामबाबु नेपाल, भरत लोहोरुङ, मनोज अञ्जान लगायतले कविता, गीत, मुक्तक र गजल वाचन गरे ।
कार्यक्रममा सुरेन्द्र इङ्नाम, सेमन्त राई र भरत लोहोरुङ राईले बाँसुरीको धून र डम्बरसिं प्रयासले सारङ्गीको धुन सुनाएका थिए भने प्रमोद शर्माले देवकोटाद्वारा रचित गीत प्रस्तुत गरेका थिए । महोत्सव दूतावासका उपनियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालले सञ्चालन गरेका थिए ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा