लण्डन । संसारमै बहुप्रतीक्षित कोरोना भाइरसविरुद्धको खोपमा फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरिररहेको खोपको प्रभावकारिता बारेको समाचार सोमबार सार्वजनिक भएसँगै संसारभर खोपको आशा जागेको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयमा सोमबार बेलुका आयोजित पत्रकार सम्मेलनमा क्रिसमसबाटै खोप दिन बेलायत तयार रहेको जानकारी पनि दिइयो तर अब जिज्ञासा उठ्न सक्छ सबैभन्दा पहिले कसले खोप पाउँछ ?
बेलायत सरकारले खोपको विकास हुनुभन्दा धेरै महिना अगाडी यस वर्षको शुरुवातमै अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आन्ड्रयू पोलार्डको संयोजकत्वमा संयुक्त खोप तथा प्रतिरक्षा समिति गठन गरेको थियो । सो समितिको पहिलो बैठक फेब्रुअरीमा बसेको थियो । सो समितिले सेप्टेम्बर २५ मा यदि कोरोनाविरुद्ध खोप पत्ता लागेमा कसलाई पहिला दिने भन्ने बारेमा प्राथमिकता निर्धारण गरेर प्रकाशन समेत गरेको छ ।
जसअनुसार पहिलो प्राथमिकता केयर होममा रहेका वृद्धवृद्धा र केयर होमका कर्मचारीलाई दिइनेछ । उनीहरुमा पनि उमेरका आधारमा ८० वर्ष कटेकाहरुलाई शुरुमा दिइनेछ भने दोस्रो प्राथमिकता ७५ वर्ष वा सो माथिकाहरु, तेस्रो प्राथमिकतामा ६५ वर्ष वा सोमाथिकाहरु र त्यसपछि ६५ वर्षमुनीका उच्च जोखिममा रहेकाहरुलाई खोप दिइनेछ ।
त्यसपछिको प्राथमिकतामा मध्यम जोखिममा रहेका ६५ वर्ष वा सो मुनीकाहरु, त्यसपछि ६० वर्ष वा सोभन्दा माथिकाहरु त्यसपछि ५५ वर्ष वा सोभन्दा माथिकाहरु, त्यसपछि ५० वा सोभन्दा माथिकाहरु र बाँकी सबै मानिसलाई खोप दिइनेछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश