
युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाले कार्यवाहक महासचिवको जिम्मेवारी सचिव द्रोण रिजाललाई दिएको छ । युरोप शाखाका तत्कालिन महासचिव योगेन्द्र मिलन छन्त्याल स्थान्तरण भई प्रस्तावित नेपाल पत्रकार महासंघ पोर्तुगत शाखामा संयोजक भएपछि रिक्त रहेको पद रिजाललाई आइतबारको बैठकले दिएको हो ।
रिजाल प्रेस युनियन युरोपमा समेत आवद्ध छन । नोभेम्बर ८ आइतबार अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको जुम बैठकले नेपाल पत्रकार महासंघ काठमाडांैले युरोप शाखाबाट पोर्तुगत तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याउनु भएको योगदानको पं्रससा गर्दै विदाई गरेको छ ।
बैठकमा कार्यसमितिका २५ जनामध्ये १८ जनाको उपस्थिति थियो । ३ जनाले बैठक निर्णय उपर लिखित सहमति दिएका र ४ जना अनुपस्थित रहेको शाखाले जनाएको छ ।
महासंघ युरोप शाखाको नाम, छाप र लेटरप्याडको अनधिकृत प्रयोग गरि गत शनिवार पत्रकार डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालद्वारा जारी गरिएको विज्ञप्ति कपोकल्पित, झुटो, नक्कली र अवैध रहेको ठहर गर्दै त्यसलाई खारेज गरेको छ ।
त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ । दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए ।
शाखाले कोरोना संक्रमण र समसामयिक विषयमा संचालन गरिरहेको अन्तरक्रिया र शृङ्खलालाई जारी राख्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश