अमेरिकी राष्ट्रपतिमा जो वाइडेन बिजयी

तस्बिर : विकीपेडिया

गत नोभेम्बर ३ मंगलबारको दिन सम्पन्न निर्वाचनबाट डेमोक्र्याटिक दलका राष्ट्रपतिका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औ राष्ट्रपतिमा बिजयी भएका छन् ।

बाइडेनले आफ्ना रिपब्लिकन दलका प्रतिद्वन्दी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै बिजयी प्राप्त गरेका हुन् । अत्यन्तै प्रतिस्प्रद्धा रहेको यस पटकको निर्वाचनमा बाइडेनले अन्तिम समयमा पेनसेल्भेनिया लगायत महत्वपूर्ण राज्यहरु मध्येमा बाजी मारे पछि उनको विजय सम्भव भएको हो । यद्यपी निर्वाचनको परिणाम औपचारिक घोषणा हुन वाँकी छ ।

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति पनि हुन् । क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपतिको उम्मेदवारमा नियुक्ति गरे पछि बाइडेनलाई थप सहयोग र समर्थन हुँदा उनको ऐतिहासिक बिजयी हासिल भएको हो । साथै डेमोक्रेटिकका सशक्त बर्नी स्यानडर्स लगायत हस्तीहरुका समर्थन पाए पछि उनको जितको बाटो खुलेको हो ।

अमेरिकामा ज्यादा मत ल्याएर मात्र बिजयी नहुने हुँदा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० निर्वाचकीय मत(इलेकटोरल मत ) ल्याए पछि बाइडेन राष्ट्रपति पदका लागि निर्वाचित भएका हुन् ।

उनले -कूल २७३  निर्वाचकीय मत( इलेक्टोरल मत) प्राप्त गरेर विजयी भएका हुन् । बाइडेनले ट्रम्पको थप ४ बर्ष राष्ट्रपति र दोश्रो कार्यकालको लागि व्हाइट हाउसमा शासन गर्ने ईच्छालाई तगारो लगाई दिएका छन । सन् १९९० पछि दोस्रो पटक राष्ट्रपति बिजयी नहुने ट्रप पहिलो हुन ।

४० बर्ष देखि राजनैतिक पेशामा संलग्न जो बाइडेनलाई अमेरिकी जनताले पत्याई उनलाई बिजयी गराएका छन । निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेन नै अगाडी भएको र उनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको छ । अमेरिकी मतदाताहरुले संचारमाध्यमहरुले गरेका सर्वेक्षणहरु प्रति मतदाताहरुले बिश्वास गरेका छन् ।

व्हाइट हाउस ,रिपब्लिकन र ट्रम्पका समर्थकहरुका लागि यो परिणाम अप्रत्यासित हो । मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प बाइडेन भन्दा पछाडी रहेको कुरामा विश्वास नगर्ने ट्रम्प आश्चर्यमा परेका छन् ।

सन् २०१६ देखि नै विवादै विवादमा मुसिएका ट्रम्पलाई रुससंगको साँठगाँठ लगायत अनेकौ बिषयहरुलाई लिएर अबिश्वासको प्रस्ताव लगाईएको थियो । तर ट्रम्प बिरुद्ध लगाईएको अविश्वासको प्रस्ताव असफल भएको थियो । ट्रम्प एक पटकको लागि मात्र अमेरिकी राष्ट्रपति हुने अमेरिकी ईतिहास मै चौथो राष्ट्रपति भएका छन ।

बाइडेनको बिजयीसंगै अमेरिकी माथिल्लो सदन सिनेटमा कूल डेमोक्रेटको ४८ सिट(स्थान)र तल्लो सदन(प्रतिनिधि सभा)मा कूल २१३ सिट (स्थान )ल्याउन सफल भएको छ । सिनेटमा बहुमत ल्याउन ५१ सिट(स्थान)प्राप्त गर्नु पर्ने हुन्छ भने प्रतिनिधि सभामा २१८ ल्याएमा बहुमत हुने छ ।

बाइडेनललाई  कूल लोकप्रिय मत ७ करोड ४३ लाख प्राप्त भएको छ । अर्थात् उनले ५०.५ प्रतिसत पपुलर भोट(लोकप्रिय मत )प्राप्त गर्न सफल भएका छन् ।

यसै गरि ट्रम्पलाई ७ करोड २० लाख लोकप्रिय मत प्राप्त भएको छ । ट्रम्पले ४८ प्रतिसत मत प्राप्त गरेका छन् ।

यता ट्रम्प चुनाव अभियानले चुनाव धाधली भन्दै पेन्सेल्भेनिया,मिसिगन,जर्जियामा लगायत राज्यहरुमा मुद्धा दायर गरेका छन् । र उक्त राज्यहरुमा न्यायधिशहरुले ट्रम्पको आग्रहलाई अस्विकार पनि गरि सकेका छन् । अझ पनि कसरी कानुनी झमेला पार्ने बिषयमा सामाजिक संजाल र भेला गरि अनेक कुराहरु गरि रहेका छन् ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर जो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो भने उनि एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए।

उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए । (समाचार एजेन्सीहरु)

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री