लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषद्को २० ओैं स्थापना दिवस तथा वार्षिक प्रवचन विहीबार सम्पन्न भएको छ ।
भर्चुअल रुपमा आयोजित कार्यक्रमको शुरुवातमा परिषद्का अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले परिषदका बारेमा जानकारी दिएका थिए तत्पश्चात परिषद्का संस्थापक अध्यक्ष प्रा.डा. सूर्यप्रसाद सुवेदीले परिषद्को स्थापनाका बारेमा मन्तब्य दिएका थिए ।
परिषद्को वार्षिक प्रवचन श्रंखलामा यसवर्ष प्रोफेसर मार्टिन गेन्जलेले ‘सत्यहाङमा सँस्कारहरु: पूर्वी नेपालमा फाल्गुनन्दको पुण्यस्मृति’ शीर्षकमा प्रवचन दिएका थिए । प्रवचनमा प्रोफेसर गेन्जलेले पूर्वी नेपालको पहाडी क्षेत्रका लिम्बु समुदायमा प्रचलित सत्यहाङमा धर्मका धार्मिक, साँस्कृतिक र राजनीतिक पक्षका साथै सो सम्प्रदायका गुरु फाल्गुनन्दका बारेमा जानकारी दिएका थिए ।
प्रोफेसर डेभिड गेल्नरले प्रोफेसर मार्टिन गेन्जलेका व्यक्तित्वका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा परिषदले वार्षिक रुपमा दिँदै आएको विद्यावारिधि शोध पुरस्कार यसवर्ष लियाना चेज र इभान डेस्चेनक्सलाई प्रदान गरिएको थियो । परिषद्की सचिव डा. पुनम यादवले शोध पुरस्कार विजेताहरुका बारेमा जानकारी दिएकी थिइन् भने पुरस्कृतका तर्फबाट लियाना चेजले परिषद्लाई धन्यवाद दिएकी थिइन् ।
परिषद्ले हरेक वर्ष नेपाल अध्ययन दिवस तथा वार्षिक प्रवचन कार्यक्रम संचालन गर्दै आएको छ ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर