काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नवराज रावतले कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पु¥याएको जनाउँदै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
एनआरएनएका उपाध्यक्ष डा केसीले विश्वव्यापी कोरोना संक्रमण शुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको जनाउनुभयो । एनआरएनएका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्दै यसअघि जापान सरकारले गरेको प्रतिबद्धतानुसार थप स्वास्थ्य सामग्री नेपाल भित्र्याउन पहल गरिने जानकारी दिनुभयो । एनआरएनएले कोभिड महामारी शुरु भएदेखि रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । संस्थाले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करीब दुई हजार पाँच सय स्वयंसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीलाई सहयोग गरेको थियो । कोभिडविरुद्ध लड्न अध्यक्ष कुमार पन्तका अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत गठन गरिएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश