
दुताबासले शुरुमा सार्वजनिक गरेको पोष्टर (बाँया) सामाजिक सन्जालमा आलोचनापछि परिवर्तन गरिएको पोष्टर (दाँया)
लण्डन । नेपाली राजदुताबास लण्डनले यही शनिबार आयोजना गर्न लागेको नेपाल विकाससम्बन्धी सम्मेलनका वक्ताहरु समावेशी नभएको भन्दै सामाजिक सन्जालमा आलोचना भएपछि दुताबास वक्ताहरुको नाम परिवर्तन गर्न बाध्य भएको छ ।
दुताबासले मंगलबार बिहान आधिकारिक फेसबुक तथा ट्वीटर पेजमा सार्वजनिक गरेको पोष्टरमा छ जना पुरुष वक्ताहरुको मात्र नाम र तस्वीर सार्वजनिक भएपछि सामाजिक सन्जालमा आलोचना भएको थियो ।
‘नेपालको विकास बारेमा बेलायतमा बसोबासरत पीएचडी होल्डरहरुको विचार र दृष्टिकोण’ विषयमा दुताबासले जुममार्फत सो सम्मेलन आयोजना गरेको हो ।
शुरुमा सार्वजनिक पोष्टरमा प्रमुख वक्ताका रुपमा प्रा. डा. सूर्यप्रसाद सुवेदी र अन्य वक्ताहरुमा प्रा. डा. पदम सिम्खडा, डा. कृष्ण अधिकारी, डा. बच्चुकैलाश कैनी, डा. बीरेन्द्र श्रेष्ठ र डा. भास्कर अधिकारी रहेका थिए ।
सो पोष्टर सार्वजनिक भएपछि अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका सोर्चिस कार्कीले महिला सहभागिता नभएकोमा ध्यानाकर्षण गराएका थिए । त्यस्तै, युवा अभियन्ता लेक्स लिम्बुले सो प्यानल समावेशी नभएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरेका थिए । डा. सन्तोष गैरेले प्यानलमा महिला तथा आदिवासी जनजातिको सहभागिताका बारेमा प्रश्न उठाएका थिए । सोलिसिटर दीपक भट्टराईले भने पीएचडी हुँदैमा मात्र विकास सम्बन्धी विचार दिन सकिने हो भन्दै कार्यक्रमको अवधारणामाथि नै प्रश्न गरेका थिए । कार्यक्रममा वक्ता रहेका अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले पुरुष वक्ता मात्र रहेको कुरा आयोजकलाई जानकारी गराएको सामाजिक सन्जालमा लेखेका थिए ।
सामाजिक सन्जालमा चर्को आलोचना पछि दुताबासले मंगलबार अपराह्न डा. पुनम यादवलाई थप गरेर नयाँ पोष्टर सार्वजनिक गरेको छ । तर पोस्टर परिवर्तन गरिनुको कारण भने कतै खुलाइएको छैन ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त