लण्डन । गोर्खा भूतपूर्व सैनिक आन्दोलनका पुराना अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ ।
पूर्वान्चलका भूपू सैनिकहरुको शहर धरानलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि काम गर्दै आउनुभएका इस्वोको मंगलबार बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो ।
उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल लगिएको नयाँ पत्रिका दैनिकले जनाएको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)बाट गोरखा आन्दोलनमा होमिएका इस्वो पछि गेसोबाट अलग भइ अन्य संस्थामार्फत भूतपूर्व ब्रिटिस गोर्खा आन्दोलनमा संलग्न हुनुहुन्थ्यो । उहाँको अगुवाइमा धरानमा भूपू सैनिक पार्क लगायतक धेरै सामाजिक कार्य भएका छन् । यसका साथै उहाँ किराँत याक्थुङ चुम्लुङका पूर्वकेन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
छालाको क्यान्सर तथा मधुमेहका बिरामी इस्वोले लाहुरेहरूलाई सामाजिक विकासमा लगानी गर्न अभियान चलाएका थिए । उनको नेतृत्वमा धरानमा गोरखा सहकारी, गोरखा कम्प्लेक्स र गोरखा पार्क सञ्चालनमा छन् ।
पछिल्लो समय जनता समाजवादी पार्टी सुनसरीको अध्यक्ष रहेका इस्वो उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार पनि बन्नुभएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश