बेलायत। गिरिजा प्रसाद कोइराला (जिपिके) फाउण्डेशन अमेरिकाले कोभिड –१९ को संक्रमणबाट नेपाली समुदायलाई जोगाउन सकृय भूमिका निर्वाह गर्ने विपिन निरौलासहितका दर्जनौ पत्रकारहरुलाई सम्मान गरेको छ । निरौला बेलायतमा संचालित हिमालयमेल डटकमका प्रधान सम्पादक हुन ।
सम्मानपत्र पाउने पत्रकारहरुमा अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा(तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायतका छन्।
सन २०२०, मार्च महिनाको अन्तिम सातावाट जुलाई महिनाको अन्तिमसम्म कोभिड –१९ को संक्रमणका बेला समुदायलाई सचेतना फैलाउन सक्रिय रुपमा रहेका पत्रकार र सामाजिक अभियन्ताहरुलाई फाउण्डेसन अमेरिकाले गत अक्टोवर ३१ मा विभिन्न अवार्डबाट सम्मान गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।
फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री मा। सुजाता कोइरालाले कोभिड १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान प्रदान गरेकी थिइन ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित