बेलायत। गिरिजा प्रसाद कोइराला (जिपिके) फाउण्डेशन अमेरिकाले कोभिड –१९ को संक्रमणबाट नेपाली समुदायलाई जोगाउन सकृय भूमिका निर्वाह गर्ने विपिन निरौलासहितका दर्जनौ पत्रकारहरुलाई सम्मान गरेको छ । निरौला बेलायतमा संचालित हिमालयमेल डटकमका प्रधान सम्पादक हुन ।
सम्मानपत्र पाउने पत्रकारहरुमा अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा(तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायतका छन्।
सन २०२०, मार्च महिनाको अन्तिम सातावाट जुलाई महिनाको अन्तिमसम्म कोभिड –१९ को संक्रमणका बेला समुदायलाई सचेतना फैलाउन सक्रिय रुपमा रहेका पत्रकार र सामाजिक अभियन्ताहरुलाई फाउण्डेसन अमेरिकाले गत अक्टोवर ३१ मा विभिन्न अवार्डबाट सम्मान गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।
फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री मा। सुजाता कोइरालाले कोभिड १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान प्रदान गरेकी थिइन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश