लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रेमा संचालन भइरहेको बालगृहका बालबालिकाहरूको सहयोगार्थ आयोजना गर्न लागेको साइकल राइड फर च्यारिटी अब डिसेम्बर २७ तारिखमा हुने भएको छ ।
यस अघि नोभेम्बर ७ तारिखका दिन आयोजना गर्ने तय भएको कार्यक्रम बेलायत सरकारले यही बिहीबारदेखि इंगल्याण्डमा लकडाउन घोषणा गरेकाले मिति पर सार्नु परेको आयोजक गैर आवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले जनाए।
गैर आवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषदको संयोजनमा उक्त च्यारिटी राइड गर्न लागिएको हो ।
उक्त कार्यक्रममा साइकल यात्रीहरुले दक्षिण पूर्वी लन्डनको उलवीचबाट समुद्री तट ब्राइटनसम्म साइकल यात्रा गर्ने छन् ।
एकतर्फी ६९ माईल दूरी रहेको सो साईकल यात्रामा लगभग ६ घण्टा समय लाग्नेछ । यात्राको क्रममा हेल्थ एण्ड सेफ्टी, मेन्टिनेन्स लगायतका कुराको जिम्मेवारी यस कार्यक्रमको संयोजन गरेका उलीच राइडर्स क्लव तथा क्लबका सदस्यहरू, हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, कोषाध्यक्ष सचिन श्रेष्ठ, गैर आवासीय नेपाली संघ यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूंग, क्याट यूकेका अध्यक्ष जीवन सेन, नेपाली युथ एसोसिएशन यूकेका अध्यक्ष लक्षुमन गुरूंग तथा सुरज गुरूंग र अमिर श्रेष्ठले लिएका छन् ।
कार्यक्रमको सहयोगीको रूपमा गैर आवासीय नेपाली संघ यूके, हेल्प नेपाल नेटवर्क यूके र नेपाली युथ एसोसिएशन यूके रहेका छन्।
धुलिखेलमा निर्मित बालगृहका विद्यार्थीहरूका लागी “खाना पुगोस्, तातो लगाउन पुगोस्” भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको हो । संकलित रकमको केही अंश बुद्ध फाउण्डेसन यूकेद्वारा निर्माणाधीन अवस्थामा रहेको बृद्ध आश्रमलाई सहयोग गरिनेछ । यस पवित्र कार्यको लागि यथासक्दो आर्थिक सहयोग गर्न तथा साईकल यात्रीहरूलाई शुभकामना दिन गैर आवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषद् यूकेका अध्यक्ष दीपक श्रेष्ठ तथा सचिव गोविन्द खरेलले आग्रह गरेका छन्।
साइकल राइड फर च्यारिटी कार्यक्रमलाई सफल बनाउन सहयोगका लागि इंग्ल्यान्ड राज्य समन्वय परिषदको खेलकुद विभागका संयोजक तथा सह-कोषाध्यक्ष चन्दन गुरुङले पनि सबैलाई अनुरोध गरेका छन्।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश