लण्डन । अभिनेता जोनी डेपले बेलायतको दैनिक पत्रिका ‘द सन’ विरुद्ध हालेको मानहानी तथा गाली बेइज्जतीको मुद्दा हारेका छन् ।
बेलायतको उच्चअदालतमा आज सो मुद्दाको फैसला सुनाउँदै न्यायाधीश निकोलले द सनले प्रकाशन गरेको समाचार ‘सारमा सत्य रहेको’ ठहर गरेका छन् ।
अभिनेता जोनी डेपले द सन पत्रिकाको अनलाइनमा अप्रिल २७, २०१८ मा प्रकाशित ‘गोन पोट्टी : हाउ क्यान जेके रोलिङ बी जेन्यूइनली ह्याप्पी कास्टिङ वाइफ विटर जोनी डेप इन द न्यू फान्टास्टिक बिस्टस फिल्म’ शीर्षकमा प्रकाशित समाचारबाट आफ्नो मानहानी तथा गाली बेइज्जती भएको भन्दै द सनका प्रकाशक न्यूज ग्रुप न्यूज पेपर्स र सम्पादक डान उटनविरुद्ध मुद्दा दायर गरेका थिए । समाचारमा अभिनेता डेपलाई ‘श्रीमती कुट्ने’ भनिएको थियो ।
सो मुद्दामा भएको सुनुवाईबाट डेपले आफ्नी तत्कालीन श्रीमती एम्बर हडलाई १२ पटक पिटेको पाइएको न्यायाधीश निकाेलले बताए ।
द सनले सो फैसला प्रेस स्वतन्त्रताका लागि ‘शानदार विजय’ भएको प्रतिक्रिया दिएको छ ।
सो मुद्दामा पराजयसँगै अभिनेता डेपले मुद्दावापत लागेको करिब ४० लाख पाउण्ड पनि ब्यहोर्नुपर्ने भएको छ ।
सो फैसलापछि प्रतिष्ठा व्यवस्थापन क्षेत्रमा काम गरिररहेका वकिल मार्क स्टेफेन्सले यस मुद्दाले डेपलाई बहुतै असर पुर्याएको बताए । उनले भने ‘मुद्दा हाल्ने सल्लाह गलत सल्लाह थियो ।’
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर