गलेश्वर । मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ छ ।
कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ । चार सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको वंशवृक्ष झ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताउनुभयो । उहाँका अनुसार सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोट गाउँ र एक भाइ पाखापानीमा बस्न थाले । सेवा जेठा र सुन्दर कान्छा थिए । शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेको भाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए ।
त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र विवाह गर्न निकै कठिन पर्दथ्यो । उनीहरुका कुटुम्बी कोही नहुँदा विवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीय गौबहादुर शेरपुंजाले जानकारी दिनुभयो ।
सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले । सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा विवाह र सोलीडोली चल्न थाल्यो । त्यसपछि शेरपुंजा र पाइजाका बीचमा विवाह हुने चलन शुरु भयो । दुवै थरको सन्तान झ्याङ्गिदै गए । वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एक भाइको थर परिवर्तन गरेर विवाह गर्ने चलन शुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरले बताउनुभयो ।
यसरी शुरु भएको शेरपुंजा र पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको छ । अहिले कोटगाउँमा ९६ घरधुरीको मात्र बसोबास रहेको छ । तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका सात, गर्बुजाका १४ र दलितका आठ घरपरिवार मात्र कोटगाउँमा बस्दै आएका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण