काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे शुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिइसकेको छ ।
नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । नेपालले बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुने एन्फाले जनाएको । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी