लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्षमा पुन: प्रमिला राई निर्वाचित भएकी छिन् ।
महासंघको शनिबार भर्चुअलरुपमा सम्पन्न तेस्रो अधिवेसनले राईको अध्यक्षतामा आगामी तीन वर्षका लागि सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा राना, महासचिवमा कर्मा पहाडी शेर्पा, सचिवमा भीमल राई, कोषाध्यक्षमा सुशीला गुरुङ र सदस्यहरुमा जानु काम्बाङ, डा महा राई, विश्वजीत थापामगर, सविन्द्रकुमार गुरुङ र बिसनबहादुर गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नवनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन समितिका सदस्य विमला सेनेले गर्नुभएको थियो भने संस्थाका पूर्व सल्लाहकार दुत पुन, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष शान्ताकला राई, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङलगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो ।
यसअघि सम्पन्न बन्द सत्रमा तत्कालिन महासिचव जमुना पुनले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
अधिवेसनकाे प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ हुनुहुन्थ्यो भने विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंगबहादुर सुनुवार रहनुभएको थियो । कार्यक्रममा तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ युकेका अध्यक्ष सुनिल राना, किरात याक्थुङ चुम्लुङका तर्फबाट उपाध्यक्ष बिमला सेने, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, लिम्बु पत्रकार मन्च युकेका अध्यक्ष अमित थेबे, आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष शान्ताकला राई, फोनिज युकेका सल्लाहकारहरु दुतबहादुर पुन, एकेन्द्र गुरुङ, विजय हितान, मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र निवर्तमान अध्यक्ष विश्वासदीप तिगेला, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा लगायतले अधिवेसनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तब्य दिनुभएको थियो भने फोनिज युकेको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पालाई सम्मान गरिएको थियो ।
उद्घाटन तथा बन्दसत्रको अध्यक्षता प्रमिला राईले र सन्चालन महासचिव जमुना पुनले गरेका थिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने