लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्षमा पुन: प्रमिला राई निर्वाचित भएकी छिन् ।
महासंघको शनिबार भर्चुअलरुपमा सम्पन्न तेस्रो अधिवेसनले राईको अध्यक्षतामा आगामी तीन वर्षका लागि सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोमा राना, महासचिवमा कर्मा पहाडी शेर्पा, सचिवमा भीमल राई, कोषाध्यक्षमा सुशीला गुरुङ र सदस्यहरुमा जानु काम्बाङ, डा महा राई, विश्वजीत थापामगर, सविन्द्रकुमार गुरुङ र बिसनबहादुर गुरुङ चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नवनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन समितिका सदस्य विमला सेनेले गर्नुभएको थियो भने संस्थाका पूर्व सल्लाहकार दुत पुन, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष शान्ताकला राई, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङलगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो ।
यसअघि सम्पन्न बन्द सत्रमा तत्कालिन महासिचव जमुना पुनले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
अधिवेसनकाे प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ हुनुहुन्थ्यो भने विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंगबहादुर सुनुवार रहनुभएको थियो । कार्यक्रममा तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ युकेका अध्यक्ष सुनिल राना, किरात याक्थुङ चुम्लुङका तर्फबाट उपाध्यक्ष बिमला सेने, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, लिम्बु पत्रकार मन्च युकेका अध्यक्ष अमित थेबे, आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष शान्ताकला राई, फोनिज युकेका सल्लाहकारहरु दुतबहादुर पुन, एकेन्द्र गुरुङ, विजय हितान, मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र निवर्तमान अध्यक्ष विश्वासदीप तिगेला, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा लगायतले अधिवेसनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तब्य दिनुभएको थियो भने फोनिज युकेको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पालाई सम्मान गरिएको थियो ।
उद्घाटन तथा बन्दसत्रको अध्यक्षता प्रमिला राईले र सन्चालन महासचिव जमुना पुनले गरेका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश