प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको जनाउनुभएको छ ।
उहाँले आज जारी गर्नुभएको प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्शा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्शाको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ ।
“अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु” ,नोटमा भनिएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त