लण्डन । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि बनाएको नियम पालना नगरी पार्टी आयोजना गर्ने चार जना विद्यार्थीलाई प्रहरीले जनही १० हजार पाउण्ड जरिवाना गरेको छ ।
बीबीसीका अनुसार नट्टिङघमको किमबोल्टन एभेन्यू क्षेत्रमा नियमित गस्ती गरिरहेको बेला प्रहरीले पार्टी आयोजना गरेको थाहा पाएको थियो तर सोधपुछ गर्दा सबै जना घर फर्किसकेको भनी आयोजकले ढाँटेका थिए । पछि प्रहरीले घरभित्र छापा मार्दा ३० जना लुकिरहेको भेटेको थियो । प्रहरीले विद्यार्थीहरुलाई भान्समा, सुत्ने कोठामा, भूइँतल्लामा लुकिरहेको पाएको थियो ।
नट्टिङघम ट्रेण्ट विश्वविद्यालयले तेस्रो वर्षका ती विद्यार्थीहरुलाई निलम्बन गरेको बताएको छ ।
नट्टिङघमममा अक्टोबर १४ देखि एकाघरबाहेक अन्यसित घरभित्र भेट्न प्रतिवन्ध लगाइएको छ ।
नट्टिङघम बेलायतमा कोरोना भाइरसको उच्च संक्रमण भएको क्षेत्रमध्येमा पर्छ । सरकारले सो क्षेत्रलाई टियर ३ मा राख्ने तयारी गरिरहेको बुझिएको छ ।
प्रहरीका सहायक प्रमुख कन्सटेवल केट मेनेलले प्रहरीलाई जरिवाना गराउँदा खुशी नलागेको र मानिसहरुले कोरोना नियन्त्रणको नियम पालना नगर्दा धेरैको ज्यान जान सक्ने खतरा रहेको बताइन् ।
नट्टिङघम ट्रेण्ट विश्वविद्यालयका प्रवक्ताले कोरोना भाइरस नियन्त्रणको नियम उल्लंघन गर्ने विद्यार्थीलाई अनुशासनको कारबाही गरिने र निष्कासन समेत गर्न सक्ने प्रावधान रहेको बताएका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश