काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।
राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाललाई धन्यवाद दिँदै अमेरिकाले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त