लण्डन । किँग्स कलेज लण्डनले कस्ता व्यक्तिलाई कोरोना भाइरसले लामो समय सताउँछ भन्ने बारेमा गरेको एक अनुसन्धानको हालै परिणाम सार्वजनिक गरिएको छ ।
बीबीसीका अनुसार सो अध्ययनमा हरेक २० जना कोरोना संक्रमितमध्ये एक जना आठ हप्तासम्म कोरोना भाइरसबाट बिरामी भएको पाइएको छ । अध्ययनले कोरोनाले सबै खालका व्यक्तिलाई लामो समय थला पार्न सक्ने तर महिला, मोटो व्यक्ति र दमका रोगीलाई कोरोना भाइरसले लामो समय सताउन सक्ने खतरा रहेको देखाएको छ ।
किंग्स कलेज लण्डनका डा. क्लेयर स्टिभ्सका अनुसार पहिलो हप्तामा पाँचवटा भन्दा धेरै लक्षण देखा पर्यो भने त्यो कोरोनाले लामो समय सताउने संकेत हुनसक्ने बताइन् ।
कसैलाई खोकी, थकान, टाउको दुख्ने, पखाला लाग्ने र गन्ध थाहा नपाउने लक्षण देखियो भने उसलाई कोरोनाले लामो समय सताउन सक्ने सम्भावना रहेको बताइएको छ ।
यस्तै, ५० वर्षभन्दा धेरै उमेरकालाई र महिलालाई कोरोनाले लामो समय सताउन सक्ने अनुसन्धानले देखाएको छ । डा. स्टिभ्सले भनिन्,’हामीले शुरुवातको तथ्यांकबाट पुरुषहरु गम्भीर रोगबाट ग्रसित हुने र कोरोनाबाट ज्यान गुमाउने खतरा देखियो भने महिलाहरुमा कोरोनाले लामो समयसम्म सताउने खतरा देखियो ।’
यसैगरी, फोक्सोको रोग र दम भएकाबाहेक अन्य स्वास्थ्य समस्या भएकाहरुलाई कोरोना भाइरसले लामो समय सताउने प्रमाण नदेखिएको बताइएको छ ।
कोरोनाले लामो समयले सताउने संकेत व्यक्तिअनुसार फरक फरक भए पनि थकान साझा संकेत भएको अध्ययनले देखाएको छ । अध्ययनले कोरोना संक्रमितमध्ये सातजनामा एक जना कम्ती चार हप्ता बिरामी भएको, २० जनामा एक जना आठ हप्ता बिरामी भएको र ४५ वा एक जना १२ हप्ता बिरामी भएको पुष्टि गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित