काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ । तीमध्ये एक हजार १७४ महिला र एक हजार ९१९ पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंँगै देशभरि कुल संक्रमित एक लाख ३९ हजार १२९ र सक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेको जानकारी दिनुभयो । यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १८६ र क्वारेन्टिनमा चार हजार २२० जना छन् । आजसम्म १३ लाख १४ जनाको ७७९ पिसिआर परीक्षण गरिएको छ ।
उपत्यकामा सत्र सय संक्रमित
काठमाडौँ उपत्यकामा एक हजार ७०२ जनामा संक्रमण देखिएको छ । काठमाडौंँमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनालाई संक्रमण देखिएको छ ।
डा गौतमका अनुसार आज दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । उहाँले अहिलेसम्म ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिनुभयो । सोअनुसार प्रदेश नंं १ मा १६, प्रदेश नंं २ मा एक, वाग्मती प्रदेशमा ४९, गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूररपश्चिम प्रदेशमा तीन जना छन् ।
देशभर २७३ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । सोअनुसार प्रदेश नं १ मा ३०, प्रदेश नंं २ मा १०, वागमतीमा १५०, गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सूदूरपश्चिम प्रदेशमा आठ जना छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत छन् । यस्तै संक्रमित शून्य रहेका जिल्लामा मुस्ताङ छ ।
यसैगरी आज आठ जनाको संक्रमणको कारणले निधन भएको डा गौतमले जानकारी दिनुभयो । अहिलेसम्म ७६५ जनाको संक्रमणको कारणले निधन भएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक