लण्डन। हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रे जिल्लामा निर्मित बालगृहका विद्यार्थीहरूको सहयोगार्थ इंग्ल्यान्ड राज्य समन्वय परिषद, गैर आवासीय नेपाली संघ यूकेले एक च्यारिटी साइकल यात्रा गर्ने भएको छ।
साइकल राइड फर च्यारिटी नाम दिइएको उक्त कार्यक्रममा साईकल यात्रीहरूले भाग लिने भएका छन्।
नोभेम्बर ७ तारिख शनिबारका दिन बिहान १० बजे उलवीचबाट उक्त साइकल यात्रा शुरु भएर समुद्री तट ब्राइटनमा गएर सम्पन्न हुनेछ।
एकतर्फी ६९ माईल दुरी रहेको यो साईकल यात्रा लगभग ६ घण्टा लामो हुनेछ । यात्राको क्रममा हेल्थ एण्ड सेफ्टी, मेन्टिनेन्सदेखि अन्य जिम्मेवारी यस कार्यक्रमको संयोजन गरेका वुलीच आर्सनल राइडर्स क्लव तथा क्लबका सदस्यहरू हेल्प नेपाल नेटवर्क यूकेका प्रशिद्ध प्रधान, गैर आवासीय नेपाली यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूङ, चितवन एड ट्रष्ट (क्याट) यूकेका अध्यक्ष जीबन सेन, हेल्प नेपाल नेटवर्क यूकेका सचिन श्रेष्ठ, नेपाली युथ एसोसिएशन यूकेका अध्यक्ष लक्षुमन गुरूङ तथा सुरज गुरूङ र अमिर श्रेष्ठले लिएका छन् ।
सो साईकल यात्रामा भाग लिन चाहनेहरुले ह्यारी गुरूंग लाई 07769 343006 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा