लन्डनमा नेपाल विकास सम्मेलन

लन्डन । नेपाली दूतावास लन्डनमा शनिबार भर्चुअल नेपाल विकास सम्मेलन भएको छ । आयरल्याण्ड तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरे ।

 

प्रेस विज्ञप्ति

यस राजदूतावासले हिजो १७ अक्टोबर 2020 मा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलनको आयोजना गर्यो।उक्त सम्मेलनमा नेपाल तथा आयरल्याण्डमा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा कार्यरत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

 

आयरल्याण्ड तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी एवं युरोपेली संघको इरास्मस कार्यक्रमको अन्तर्राष्ट्रिय शिक्षा विभागका प्रमुख जेरी ओ सुलिभानले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। राजदूत डा. सुवेदीले प्रवासमा रहेका नेपाली विज्ञहरुसँग रहेको सीप, क्षमता र अनुभव नेपालको विकासमा उपयोगी हुने भन्दै नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना गरेको ब्रेन गेन सेन्टरसँग आवद्ध हुन प्रवासी नेपालीहरुलाई अनुरोध गर्नुभयो। जेरी ओ सुलिभानले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यको महत्व अझ बढी हुने बताउंदै आगामी दिनमा नेपाली विद्यार्थीहरुलाइ स्वागत गर्न आयरल्याण्ड तयार रहेको बताउनुभयो। सम्मेलनमा Center for Eye Research, Ireland मा कार्यरत डा. नबीन पौडेलले बालबालिकाको दृष्टि क्षमतासम्बन्धी, वाग्मती प्रदेशका प्रदेश सचिव डा. हरि लम्साल, काठमाण्डौ विश्वविद्यालय School of Education का प्राध्यापक श्री लक्ष्मण ज्ञवाली एवं आयरल्याण्डको School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिरहनुभएका श्री सगुन श्रेष्ठले शिक्षा तथा सिकाईसम्बन्धी, आयरल्याण्डको Eurofins BioPharma Product Testing Ireland Ltd मा कार्यरत डा. केशव मल्ल  एवं  नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत श्री सृजन पोखरेलले कृषि क्षेत्रसम्बन्धी तथा Galway National University of Ireland मा कार्यरत डा. योगेश आचार्यले कोभिड-19 सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो। नेपाली राजदूतावासकी उपनियोग प्रमुख श्री रोशन खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

यस सम्मेलन आयोजनाका लागि School of Applied Language and Intercultural Studies मा विद्यावारिधी गरिरहनुभएका श्री सगुन श्रेष्ठ, एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा पूर्व संरक्षक श्री नवराज कोइरालालगायत आयरल्याण्डमा रहनुभएका नेपालीहरुले सहयोग गर्नुभएको थियो।

 

 

नेपाली राजदूतावास, लण्डन

 

18 अक्टोबर 2020

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री