बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा संगीत शिखर शन्तोषले भरेका छन् ।
भिडियो बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं रिच लोकेशनमा खिचिएको छ । प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।
डा.दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो, जसमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ । भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन् ।
बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल यस भिडियो मार्फत मोडलिङमा पाइला टेकेका छन् । साथै अवसर पाए आफुलाई निखार्दै व्यवसायसंगै अभिनयलाई संगै लैजाने उनको इच्छा रहेको मोडल खरेलले बताए ।
उनलाई बेलायतमा स्थापित मोडल रोश्ना कार्कीले साथ दिएकी छिन् । कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । साथै हालसम्म आफुले गरेको भिडियो मध्ये अधर उनको उत्कृष्ट रहेको उनले जिकिर गरिन् ।
एक साता अघि बेलायतस्थित नेपाली दुतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी