बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा संगीत शिखर शन्तोषले भरेका छन् ।
भिडियो बेलायतको लण्डनस्थित विभिन्न रमणीय एवं रिच लोकेशनमा खिचिएको छ । प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।
डा.दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो, जसमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ । भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन् ।
बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल यस भिडियो मार्फत मोडलिङमा पाइला टेकेका छन् । साथै अवसर पाए आफुलाई निखार्दै व्यवसायसंगै अभिनयलाई संगै लैजाने उनको इच्छा रहेको मोडल खरेलले बताए ।
उनलाई बेलायतमा स्थापित मोडल रोश्ना कार्कीले साथ दिएकी छिन् । कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । साथै हालसम्म आफुले गरेको भिडियो मध्ये अधर उनको उत्कृष्ट रहेको उनले जिकिर गरिन् ।
एक साता अघि बेलायतस्थित नेपाली दुतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन