लण्डन । अल्डरसटबाट शुक्रबार साँझदेखि नेपाली महिला देवी लिम्बु सकुशल फेला परेकी छिन् ।
ह्याम्पसायर प्रहरीका अनुसार ६५ वर्षीया लिम्बु सकुशल फेला परेकी छिन् ।
स्थानीय नेपाली कम्युनिटी ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष रामधन राईका अनुसार भर्खरै नेपालबाट आएकी उनी बाटो भुलेर आफन्तकहाँ पुगेकी थिइन् । आफ्नो परिवारको सम्पर्क नम्बर नभएका कारण उनी सम्पर्कविहीन भएकी बताइएको छ ।
राईले भने, ”मैले भर्खरै उहाँको आफन्तसँग बोलेँ । उहाँ सकुशल घर फर्किसक्नुभएको छ । प्रहरीलाई पनि यसबारेमा खबर गरिसकिएको छ।”
यसअघि प्रहरीले शुक्रबार साँझ ५ बजे अल्डरसटको क्वीन्स रोडबाट सम्पर्कविहीन भएको बताएको थियो ।
प्रहरीले उनको सुरक्षाका बारेमा चासो व्यक्त गर्दै सर्वसाधारणलाई उनका बारेमा जानकारी दिन अनुरोध गरेको थियो ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए