फोनिज युकेको नयाँ कार्यसमितिको लागि मनोनयन शनिबार

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको नयाँ नेतृत्वका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

फोनिजको यही अक्टोबर २४ मा हुने तेस्रो अधिवेसनबाट चयन हुने नयाँ नेतृत्वका लागि सो प्रक्रिया शुरु गरिएको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष लगायत १३ सदस्सीय नयाँ कार्यसमितिका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नयाँ कार्यसमितिमा उम्मेदवार बन्न चाहने फोनिज युकेका सदस्यहरुले एकजना प्रस्तावकसहितको उम्मेदवारी मनोनयन फाराम भरी शनिबार राति १२ बजेसम्ममा निर्वाचन समितिको इमेल [email protected] मा पठाउनु पर्ने बताइएको छ । मनोनयन फाराम फोनिज युकेको वेभसाइट www.fonijuk.org बाट डाउनलोड गर्न सकिने छ ।

उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नु पर्ने र सो शुल्क फोनिज युकेको बैँक खाता FONIJ UK, Sort Code 40-21-05 A/C 81833669 HSBC BANK मा जम्मा गर्न सकिने बताइएको छ ।

उम्मेदवारी शुल्क अध्यक्षका लागि ३० पाउण्ड, पदाधिकारीहरुका लागि २० पाउण्ड र सदस्यका लागि १० पाउण्ड तोकिएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशन १८ अक्टोबर साँझ ५ बजे, उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने १९ अक्टोबर साँझ ५ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २० अक्टोबर साँझ ५ बजे गरिने छ ।

मतदान गर्नुपरेमा मतदान २४ अक्टोबर २०२० का दिन गरिने बताइएको छ ।

फोनिज युकेले नयाँ नेतृत्व चयनका लागि सल्लाहकार मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा सल्लाहकारहरु बिमला सेने र नरेश खपाङ्गीमगर सदस्य रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री