लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको नयाँ नेतृत्वका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
फोनिजको यही अक्टोबर २४ मा हुने तेस्रो अधिवेसनबाट चयन हुने नयाँ नेतृत्वका लागि सो प्रक्रिया शुरु गरिएको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष लगायत १३ सदस्सीय नयाँ कार्यसमितिका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । नयाँ कार्यसमितिमा उम्मेदवार बन्न चाहने फोनिज युकेका सदस्यहरुले एकजना प्रस्तावकसहितको उम्मेदवारी मनोनयन फाराम भरी शनिबार राति १२ बजेसम्ममा निर्वाचन समितिको इमेल [email protected] मा पठाउनु पर्ने बताइएको छ । मनोनयन फाराम फोनिज युकेको वेभसाइट www.fonijuk.org बाट डाउनलोड गर्न सकिने छ ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नु पर्ने र सो शुल्क फोनिज युकेको बैँक खाता FONIJ UK, Sort Code 40-21-05 A/C 81833669 HSBC BANK मा जम्मा गर्न सकिने बताइएको छ ।
उम्मेदवारी शुल्क अध्यक्षका लागि ३० पाउण्ड, पदाधिकारीहरुका लागि २० पाउण्ड र सदस्यका लागि १० पाउण्ड तोकिएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशन १८ अक्टोबर साँझ ५ बजे, उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने १९ अक्टोबर साँझ ५ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २० अक्टोबर साँझ ५ बजे गरिने छ ।
मतदान गर्नुपरेमा मतदान २४ अक्टोबर २०२० का दिन गरिने बताइएको छ ।
फोनिज युकेले नयाँ नेतृत्व चयनका लागि सल्लाहकार मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा सल्लाहकारहरु बिमला सेने र नरेश खपाङ्गीमगर सदस्य रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश