केन्ट । बेलायतको सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक मानिने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले साहित्यकार विजय हितान मगरको अध्क्षतामा तेस्रो कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा थिर थापा मगर, सचिवमा अमित थेवे, सहसचिवमा लाहाङ चेम्जोङ, कोषाध्यक्षमा सेमन्त राई, सहकोषाध्यक्षमा सन्ध्या गुरुङ र मिडिया सचिवमा विश्वजीत थापा रहेका छन् । त्यस्तै, सदस्यहरूमा सर्वधन राई, टिमाया राई, सञ्जीव परदेशी, सुष्मा रुपाबुङ राई र किरण चाम्लिङ रहेका छन् ।
जुम अधिवेशनले घन थापा मगरलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी, सल्लाहकारहरूमा विनेसामका पूर्व अध्यक्ष विश्वासदीप तिगेला, केन्द्रीय सदस्य सुरेन्द्र इङ्नाम, गणेश पुन र औँतारी साइलालाई छनोट गरेको छ ।
विश्व नेपाली साहित्य महासंघको स्थापना सन् २०१० मा भएको हो । साउथ यूकेको स्थापना भने सन् २०१६ को मार्चमा भएको हो ।
नवनिर्वाचित अध्यक्ष हितानले यसअघि पनि सन् २०१६ देखि २०१८ सम्म अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
२० मुलुकमा २७ वटा शाखा समितिहरू रहेको महासंघले २०१८ मा साउथ यूकेलाई गतिविधिका आधारमा सबैभन्दा सक्रिय शाखा समिति घोषणा गरेको थियो ।
शनिबार बसेको महासंघको पहिलो बैठकले पूर्व कार्यकालको समीक्षा गर्दै भावी नीति तथा कार्यक्रमको खाका पनि प्रस्तुत गरेको अध्यक्ष हितानले जनाए । उनले आफ्नो कार्यकाल युद्ध साहित्य, वातावरण साहित्य र मातृभाषा साहित्यको कार्यक्रमहरूमा बढी लक्षित हुने उल्लेख गरे ।
यसैगरी, बेलायतमा रहेका नेपाली साहित्यकार र सर्जकहरूको सृजनात्मक प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्न पनि क्रियाशील रहने बताए । महासंघले आगामी नोभेम्बर सात तारिखका दिन युद्ध साहित्य सिर्जना वाचन तथा विमर्श कार्यक्रम आयोजना गर्ने बताए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश