लन्डन। समाजसेवी तथा अभियन्ता चिरन्जीवी ढकाल ग्लोबल नेप्लिज डटकम समूहको अध्यक्षमा नियुक्त भएका छन । बेलायतमा संचालित ग्लोबल नेप्लिज समूहको निर्देशक र सम्पादन समूहको हालै बसेको बैठकले ढकाललाई नियुक्त गरेको हो ।
गैर आवासीय नेपाली संघका संस्थापक सचिव समेत रहनु भएका ढकाल बेलायतमा संचालित अनलाईन पोर्टलको अध्यक्ष तथा निर्देशक रहिसक्नु भएको थियो।एक दशक अघि बेलायतमा प्रकाशित सगरमाथा टाइम्स पत्रिकामा संलग्न ढकाल लन्डन पोस्ट म्यागजिन समूहको समेत अध्यक्ष थिए । समसामायिक बिषयको लेखनमा रमाउने ढकाल बेलायतबाट संचालित नेपाल ब्रिटेन डट कमको करिब एक दशकसम्म अध्यक्ष रहेका थिए । बेलायतमा नेपालीहरुको पुरानो संस्था यति नेपाली एशोशिएशनका पूर्व अध्यक्ष समेत रहेका ढकाल विश्व हिन्दु महासंघ बेलायतको समेत अध्यक्ष समेत हुन ।
अनुभवी ढकालको अध्यक्षतामा ग्लोबल नेप्लिज समूहले सूचना र संचारको माध्यमबाट नेपाली विविधता, कला, भाषा, संस्कृतिको प्रबर्धन गर्दै घरदेशलाई परदेशसम्म, नयाँ र पुरानो पुस्तालाई जोड्ने, आधुनिक समाज र परम्परागत सभ्यताहरुलाई जोड्ने पुलको रुपमा उक्त अनलाइनलाई अझै सशक्त ढंगले अघि बढाउने अपेक्षा गरिएको छ । लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको मूल्य र मान्यताभित्र रहेर प्रवासी नेपालीहरुका खबरलाई सम्प्रेषण गर्ने कार्यमा जुटीरहने पनि सो अनलाइनले जनाएको छ ।
ग्लोबल नेप्लिज डटकमको सम्पादन समूहमा डा. जगन कार्की, नारायण गाउँले तथा चन्दा घिमिरे रहेका छन् भने सम्पादकीय सल्लाहकारमा भगीरथ योगी रहेका छन्।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश