लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितियाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदानवापत दिइएको सम्मान पाउनेमा एक पूर्व गोरखा सैनिक पनि परेका छन् ।
शुक्रबार साँझ सार्वजनिक गरिएको सम्मान पाउनेहरुको सूचीमा पर्ने नेपाली मूलका एक मात्र भाग्यमानीमा स्याङ्जा जिल्ला कोल्मा बहाकोट पुर्ख्यौली घर भई हाल बेलायतमा व्यवसायरत दिलिपकुमार गुरुङ रहेका छन् ।
उनले मेम्बर अर्डर अफ ब्रिटिश एम्पाएर (एमबीई) सम्मान पाएका छन् । उनलाई ‘बेलायत र बाहिर रहेका नेपाली समुदायको सेवाका लागि’ सो सम्मान दिइएको उल्लेख छ ।
बेलायती सेनामा सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा भर्ती भएर २० वर्ष सेवा गरेका गुरुङ सेवाबाट अवकास पाएपछि सामाजिक सेवा र व्यवसायमा सक्रिय छन् ।
उनी सहारा युकेका पूर्व अध्यक्ष हुन् भने कोल्माबहाकोट समाज युकेको पनि अध्यक्ष रहिसकेका छन् । उनी पोखरास्थित सहारा नेपालका पनि मानार्थ सदस्य छन् ।
उनले आफ्नो निजी लगानीमा स्याङजास्थित आफ्नै घरमा साँस्कृतिक संग्रहालय स्थापना गरेका छन् । गाउँघरमा पुराना सामग्रीहरुको संकलन गरिएको सो संग्रहालयमा प्रवेश शुल्क लाग्दैन । यस्तै, स्याङजामै उनले युवा वर्गलाई सक्रिय राख्न फुटसल स्थापना गरेका छन् । पहाडमा ठूला ठूला मैदानको अभाव हुने भएकाले फुटसल प्रभावकारी हुने उनकाे धारणा छ । यस्तै, बिरुवा गाउँपालिका ओरष्टेमा स्वास्थ्य केन्द्र पनि निर्माण गरिरहेका छन् ।
बेलायती महारानीको जन्मोत्सवमा सम्मानित भएपछि प्रतिक्रिया दिँदै गुरुङले भने, ‘नसोचेको सम्मान पाउँदा लागेको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ ।’ उनले थपे, ” समाजमा काम गर्दै जाँदा कसैकसैले कुनै न कुनै कोणबाट मूल्यांकन गरिरहेको हुँदोरहेछ भन्ने लागेको छ ।”
सन् २००५ देखि उनी बेलायतको पर्यटकीय नगरी ब्ल्याकपुलमा होटल, पब र रेस्टुराँ सन्चालन गर्दै आएका छन् ।
महारानीको जन्मोत्सवका अवसरमा कुल १ हजार ४९५ जनालाई दिइएको सम्मानमा पर्ने उनी एक्लो नेपाली मूलका व्यक्ति हुन् ।
बेलायत सरकारका अनुसार यसवर्ष ५३७ जनालाई ब्रिटिश एम्पायर मेडल (बीइएम), ५६१ जनालाई मेम्बर अर्डर अफ ब्रिटिश एम्पाएर (एमबीई) र २६० जनालाई अफिसर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई) दिइएको छ । यसरी सम्मान पाउनेहरुमा १ हजार ६९ जना अर्थात ७२ प्रतिशत सामाजिक कार्यमा रहेकाहरु छन् । सम्मानितहरुमा ७४० जना अर्थात ४९ प्रतिशत महिलाहरु छन् भने १३ प्रतिशत एसिएन तथा अफ्रिकन जातीय अल्पसंख्यक समुदायका छन् । यस्तै ६ प्रतिशत अपाङ्गता भएकाहरु छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]