लन्डन – बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ।
कार्यक्रम यही आइतबार (११ अक्टोबर) बिहान ११:३० बजे जूम मार्फत आयोजना गरिने छ र विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने छ।
“कोभिद-१९ का कारण प्रभावित बेलायतस्थित नेपाली रेस्टुरेन्ट व्यवसाय हरु लाई ब्रिटिश सरकार ले उपलब्ध गराएका सहुलियत बारे जानकारी दिन पनि हामीले यो वेबिनर आयोजना गर्न लागेका हौँ,” एसोसियसनका अध्यक्ष सरोज सापकोटाले बताए ।
“आतिथ्य उद्योगका वर्तमान चुनौती तथा अवसरहरु” (Hospitality Industry – Current Challenges and Opportunities ) विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफुहरुले अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले सो अन्तरक्रियामा आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि बताए।
यस अघि नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि कोभिड-१९ बाट परेको असरबाट व्यापार व्यवसायलाई कसरी जोगाउने र ब्रिटिश अर्थ मंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका बारेमा छुट्टा छुट्टै वेबिनार गरेको थियो।
सो कार्यक्रम नेप्लिज क्याटरर्स एसोसियसन युके तथा नेप्लिज सेफ एसोसियसन युकेसंगको सहकार्यमा योजना गरिन लागेको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले जनाएको छ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश