लन्डन । बेलायतका राजकुमार विलियमले बिहीबार पृथ्वीको सबैभन्दा चुनौतीको विषय मानिएको वातावरण समस्याका कारण मौलाएको ‘निराशालाई आशा’ बदल्न योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्ने एक प्रतिष्ठित वातावरणीय पुरस्कारको स्थापना गर्नुभएको छ ।
पुरस्कारको नाम ‘अर्थशट प्राइज’ राखिएको र यो हरेक वर्ष पाँच जनालाई आगामी दश वर्षका लागि प्रदान गरिने छ ।
पुरस्कारको राशी प्रतिव्यक्ति १० लाख पाउण्ड अर्थात् १३ लाख अमेरिकी डलर राखिएको छ । पृथ्वीमा जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभावसम्बन्धी उत्कृष्ट समाधानसहित वातावरणीय चुनौतीलाई कम गर्न प्रोत्साहन गर्ने अनुसन्धानका लागि आगामी दस वर्षसम्म उक्त पुरस्कार दिइने राजकुमार विलियमको लण्डनस्थित कार्यालयले जानकारी गराएको छ ।
केन्सिंग्टन प्यालेसले यसलाई ‘इतिहासको सबैभन्दा प्रतिष्ठित विश्वव्यापी वातावरणीय पुरस्कार’ भनेर वर्णन गर्दै पुरस्कार अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको १९६० को दशकमा सुरु भएको “मूनशट“ परियोजनाबाट प्रेरित भएको उल्लेख गरिएको छ ।
“हामीले आफ्नो जीवन जिउन र जीवनको आनन्द लिनको लागि समाधानहरू खोज्नुपर्दछ र हामीले गरेका कुनै पनि कामको लागि दोषी र खराब महसुस नगर्न जीवनलाई प्रयोग गर्नुपर्छ,” बेलायती सिंहासनको दोस्रो बरियताक्रममा रहेका विलियमले बीबीसी रेडियोलाई दिएको बिहीबार प्रसारित एक अन्तवार्तामा भन्नुभयो ।
“अहिलेका युवा पिढीहरूमध्ये धेरैले महशुस गरेको चिन्ता र पिरजस्ता स्वास्थ्य दृष्टिकोणले मनोवैज्ञानिक रूपमा मलाई पनि चिन्तित बनाएको छ । मलाई लाग्छ अन्ततः यो परिवर्तन हुनै पर्नेछ ।”
उहाँले भन्नुभयो, आशा छ कि पुरस्कारले विश्वका सबैभन्दा ठूला वातावरणीय चुनौतीहरूलाई ठीक र सही समाधान दिन ‘उत्तम विचार, उत्तम सम्भाव्य समाधान’ लाई जोड दिनेछ ।
“आगामी १० वर्ष परिवर्तनका लागि महत्वपूर्ण दशक हो । समय आवश्यकताको हो, त्यसैले हामी विश्वास गर्दछौं कि यो अत्यन्त महत्वाकांक्षी विश्वव्यापी पुरस्कार एक मात्र मार्ग हो ।”
राजकुमार विलियमले भन्नुभयो, “यो परियोजना २०३० सम्ममा पूरा हुनका लागि ‘साधारण तर महत्वाकांक्षी’ योजना हो । ‘प्रकृतिको रक्षा र पुनर्वहालीका लागि हावालाई शुद्ध गरौँ, सागरहरूलाई पुनः पूर्ववत् अवस्थामा फर्काऔँ र फोहोरमुक्त विश्व निर्माण गरौँ र जलवायु परिवर्तनका समस्याको खोजी गरौँ ।
पुरस्कार २०२१ मा लन्डनबाट सुरु गर्दै विश्वका बिभिन्न शहरहरूमा हुने समारोहमा प्रत्येक वर्ष घोषणा गरिने विजेताहरूसँग व्यक्ति, संगठन र व्यवसायको गठबन्धनले समर्थन गर्दछ ।
पुरस्कार वैज्ञानिक, राजनीतिककर्मी, अर्थशास्त्री, सरकार, व्यवसायी तथा उद्योगीलगायत जोकेहीमध्ये व्यक्ति वा समूहलाई प्रदान गर्न सकिने उल्लेख छ ।
“अर्थशट प्राइजको उद्देश्य वातावरणीय मुद्दाहरूको वरपर रहेको वर्तमान निराशावादलाई आशावादी बनाउनु हो जुन हामी आफ्नो समयको सबैभन्दा ठूलो चुनौती हो र यसको समाधानतर्फ उत्रनुपर्छ ।
उहाँले पुरस्कार उपलब्धि प्रदान गर्नुभन्दा बढी भएको र यसले विश्वभरिका मानिसहरूलाई यस ग्रहको समस्यासँग जुध्न एकजुट भएर काम गर्न प्रेरित गर्ने बताउनुभयो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश