लण्डन । बेलायतमा रहेका जातीय संस्थाहरुमध्ये एक प्रमुख संस्था किरात राई यायोक्खा बेलायत भित्रको अन्तरकलह छताछुल्ल भएको छ ।
दुई समूहमध्ये एकले अर्को समूहलाई कार्यसमितिबाट निष्कासन गर्ने क्रमसँगै यो झगडा संस्थाभित्रको आन्तरिक विषयमात्र नभई अब सार्वजनिक बन्न पुगेको छ ।
चन्द्रबहादुर राई कार्यबाहक अध्यक्ष रहेको समूहले यही अक्टोबर ३ तारिख २०२० का दिन एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष कल्पना राईउपर पेश गरिएको अविश्वासको प्रस्ताव साधारणसभाले पारित गरेको र उनी अब यायोक्खाको अध्यक्ष पदमा नरहेको स्पष्ट पारेको छ ।
प्रेस विज्ञप्तिमा अध्यक्ष राईमाथि ६ डिसेम्बर २०१९ का दिन अविश्वासको प्रस्ताव पेश भएको र कोरोना भाइरसबाट सिर्जित महामारीका कारण पूर्व घोषित साधारणसभा स्थगित हुँदै १९ सेप्टेम्बर २०२० मात्र बसेको बताइएको छ । सो साधारणसभाले अध्यक्ष कल्पना राई विरुद्ध प्रस्तुत अविश्वास प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको जनाइएको छ ।
यायोक्खाको केन्द्रीय समितिमा ४६ जना सदस्य रहेकोमा सो साधारणसभामा २६ जनाको उपस्थिति रहेको र २४ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेको बताइएको छ । बाँकी दुई जनाले मतदानमा भाग लिएनन् ।
सो साधारणसभाले अध्यक्ष राईलाई स्वविवेकले राजिनामा दिन दुई साताको समय दिएको तर सो समयभित्र उनी झन् गुटगत क्रियाकलापमा लिप्त रहेको आरोप प्रेस विज्ञप्तिमा लगाइएको छ ।
विज्ञप्तिमा अध्यक्ष राईले किरात राईभित्र संस्थागत विभेद गरेको, एक थरी भाषा र सँस्कृति अन्य राईहरुमा लाद्न खोजेको, किरात राईभित्र विखण्डन, घृणा, द्वन्द्व फैलाएको, संस्थाको विवाद समाधान गर्न नखोजी किरात राई यायोक्खा नेपालसित लम्पसार परेको र पदको चरम दुरुपयोग गरेको आरोप लगाइएको छ ।
उता यायोक्खा युकेकी अध्यक्ष कल्पना राईले भने आफूलाई अध्यक्ष पदबाट निस्कासन गरिएको भन्ने समाचार गलत र भ्रामक भएको बताउनुभयो । कार्यबाहक अध्यक्ष भनेर भनिएका चन्द्रबहादुर राई र महासचिव भनिएकी चन्द्रावती राईलाई यसअघि डिसेम्बर ७, २०२० मा बसेको कार्यसमितिको बैठकले निष्कासन गरिसकेको पनि उहाँले बताउनुभयो ।
यसबाहेक यही सप्टेम्बर २७, २०२० मा कल्पना राईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले चन्द्रबहादुर राई पक्षका आठजना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई निष्कासन गरेको छ ।
यायोक्खामा अविश्वासको प्रस्ताव ल्याउन कुल सदस्य संख्याको एकतिहाई सदस्यले हस्ताक्षर गर्नुपर्ने उल्लेख गर्दै उहाँले तथाकथित साधारण सभामा उपस्थित भनिएकाहरुलाई १० पटक गन्दा पनि बहुमत नपुग्ने दाबी गर्नुभयो । उहाँका अनुसार यायोक्खाको कुल सदस्य संख्या करिब एक हजार सात सय छ । “यो संस्थालाई विथोल्न खोज्ने एउटा सानो झुण्ड हो, उहाँहरुलाई न केन्द्रीय समिति, न प्रारम्भिक समितिहरु, न सल्लाहकार र बुद्धिजीवीहरुको समर्थन छ”, उहाँले भन्नुभयो ।
संस्थाका पूर्व अध्यक्षको पालामा शुरु भएको समस्यालाई आफ्नो पालामा समाधान गर्दा यो समस्या आएको उनको भनाइ छ ।
उहाँले समस्या समाधानका लागि वार्तामा बस्न पटकपटक अनुरोध गर्दा पनि अर्को पक्ष नआएको आरोप लगाउनुभयो । “आउनुहोस्, वार्ताको टेबलका बसौँ । मेरो काम गलत भएको प्रमाणित गर्नुहोस् । म एक सेकेण्ड पनि अध्यक्ष पदमा बस्दिनँ” राईले भन्नुभयो ।
किराया नेपालले पटकपटक वार्ता गर्न बोलाउँदा पनि अर्को पक्ष नआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म सम्मेलनबाट निर्वाचित अध्यक्ष हुँ । मैले संस्थालाई हानी पुर्याएको भए विधानसम्मत तरिकाले कारबाही गर्न सकिन्छ । विधिविधानभन्दा ठूलो म होइन । तर दुई चारजनाले आरोप लगाउँदैमा राजिनामा दिएर हिँड्ने कुरा आउँदैन ।”
प्रेस विज्ञप्ति पूरै पढ्न यहाँ क्लीक गर्नुहोस्
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत