लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा सदस्यमा डा चन्द्र लक्सम्बालाई मनोनित गर्नुभएको छ ।
सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले डा लक्सम्बालाई आगामी तीन वर्षका लागि सो पदमा मनोनयन गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
लामो समय बेलायतमा बसोबास गर्नुभएका डा लक्सम्बा हाल नेपालमा नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।
पूर्व गोरखा सैनिक लक्सम्बाले बेलायतको सरे विश्वविद्यालयबाट पीएचडी हासिल गर्नुभएको छ ।
बेलायतमा रहँदा उहाँ शैक्षिक अनुसन्धानका अतिरिक्त सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो
उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व उपाध्यक्ष, ताप्लेजुङ सोसाइटी युकेका पूर्व अध्यक्ष, सेन्टर फर नेपाल स्टडिज युकेका पूर्व कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश