लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा सदस्यमा डा चन्द्र लक्सम्बालाई मनोनित गर्नुभएको छ ।
सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले डा लक्सम्बालाई आगामी तीन वर्षका लागि सो पदमा मनोनयन गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
लामो समय बेलायतमा बसोबास गर्नुभएका डा लक्सम्बा हाल नेपालमा नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।
पूर्व गोरखा सैनिक लक्सम्बाले बेलायतको सरे विश्वविद्यालयबाट पीएचडी हासिल गर्नुभएको छ ।
बेलायतमा रहँदा उहाँ शैक्षिक अनुसन्धानका अतिरिक्त सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो
उहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व उपाध्यक्ष, ताप्लेजुङ सोसाइटी युकेका पूर्व अध्यक्ष, सेन्टर फर नेपाल स्टडिज युकेका पूर्व कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित