लन्डन । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र मह्तोले संघका नाममा गलत काम गर्ने जो कोहीलाई पनि एनआरएनएले संरक्षण नगर्ने बताएका छन् ।
शनिवार सुरु भएको १३ औं यूरोप क्षेत्रीय बैठक तथा दोश्रो ज्ञान सम्मेलन अन्तर्गत मिडिया समितिको छलफलमा एनआरएनएका नाममा गलत काम गर्नेलाई संरक्षण नगर्ने नीति भएकाले पत्रकारिता मार्फत उजागर गर्न उनले आग्रह गरे । “तपाईहरु कसैसँग डराउनु पर्ने अवस्था छैन, संघमा बसेर गलत काम गर्नेलाई हामी संरक्षण गर्दैनौ,” उनले मिडिया सेसनमा विशेष अतिथिका रुपमा बोल्दै भने । डा. महतोले एनआरएनए मिडियाकर्मीसँग सहकार्य गर्न तयार रहेको जनाए । उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन पनि सुझाए । डा. महतोले एनआरएनएको भूमिका विश्वभर फैलाउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे ।
संघका प्रवक्ता डिबि क्षेत्रीले संघका पदाधिकारीहरुका निकट व्यक्तिले बाहिर ल्याएको भ्रामक समाचारहरु भन्दा प्रवक्ता मार्फत आउने प्रेस नोटलाई आधिकारिक धारणा मान्न संचारकर्मीहरुलाई आग्रह गरे । “व्यक्ति व्यक्तिलाई हिरो बनाउन केही स्वार्थी समूहबाट जोगिएर पत्रकारिता गर्नुहोस,” उनले भने,” चौविसै घण्टा तपाईहरुसँग म सम्पर्कमा रहनेछु ।“ कार्यक्रमको अध्यक्षता गरिरहेका यूरोप उपसंयोजक शुक्रराज न्यौपानेले पत्रकारसँग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता व्यक्त गरे ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले यूरोपको पत्रकारिताको स्थिति बारेमा मन्तव्य राखेका थिए । त्यस्तै, नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले बेलायत शाखाले समुदायको हितका लागि गरेका कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघको प्रस्तावित पोर्तुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्याल र बेल्जिम शाखाका अध्यक्ष ओम शर्मा, प्रेस यूनियन यूकेका उपाध्यक्ष एभरेष्ट गौतमले आ आफ्नो प्रतिवेदनसहित पत्रकारिता र एनआरएनएमा सुधारका लागि सुझाएका थिए ।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले प्रवासमा पत्रकार र एनआरएनएवीचको सम्बन्ध र भावि दिनमा गर्नु पर्ने कामको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अन्तरक्रियालाई पत्रकार द्वय भगीरथ योगी तथा चिरन शर्माले मोडरेट गरेका थिए । मिडिया सेसनमा पत्रकार राजकुमार थापाले स्वागत मन्तव्य राखेका थिए । अन्तरक्रियामा करीव तीन दर्जन पत्रकारहरुले सकृय सहभागीता जनाएका थिए । पत्रकारले उठाएका प्रश्नहरुको प्रमुख अतिथि तथा प्रवक्ता क्षेत्रीले जवाफ दिएका थिए ।
झन्डै २ घण्टा लामो मिडिया सेसनलाइ समितिका सदस्य सचिव विपीन निरौलाले संचालन गरेका थिए ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत