लण्डन । संयुक्त अधिराज्यको हकिन्ज नगर र नेपालको गुल्मी जिल्लाको रेसुंगा नगरपालिका भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त समारोहमा हकिन्ज नगर परिषद्का प्रमुख फिलिप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत् दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताउनुभयो। उहाँले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा दिनुभयो।
समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो नेपाल-बेलायत सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो। रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिंदै राजदूत डा. सुवेदीले रेसुंगा नगरपालिकाका नगर प्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुंगाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिनुभयो।
त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्व प्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोर्खा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताउनुभयो।
समारोहमा हकिन्जको चर्चिल स्कुल तथा रेसुंगाको सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समेत सहमति भएको थियो। समारोहको अन्त्यमा प्रमुख मार्टिनले जलपान समारोहको आयोजना गर्नुभएको थियो।
कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि महामहिम नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति रहेको थियो।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत