लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जुलाई २४ देखि नै पसल तथा सुपरस्टोरहरुमा मास्क लगाउन अनिवार्य गरे पनि उनकै पिता भने मास्क नलगाई किनमेल गरिरहेको पाइएको छ ।
डेली मेलका अनुसार प्रधानमन्त्री जोन्सनका ८० वर्षीय पिता स्टान्ले जोन्सन यही मंगलबार पश्चिमी लण्डनको एक पसलमा बिना मास्क पत्रिका किन्दै गरेको अवस्थामा भेटिएका छन् ।
कन्जरभेटिभ पार्टीका तर्फबाट युरोपेली संसदका पूर्व सांसदसमेत रहेका जोन्सनले आफू तीन साता देशबाहिर बसेर त्यसै दिन बेलायत आइपुगेको बताउँदै माफी मागेका छन् । तर सो कारण नै नियम पालना नगर्नुको बहाना हुन नसक्ने पनि उनले बताए ।
उनले ट्याक्सी चालकले पत्रिका किनेर ल्याइदिन्छु भन्दाभन्दै आफैँ पत्रिका किन्न गएको बताएका छन् ।
उनले कोरोना भाइरस नियन्त्रणका लागि मास्क लगाउने लगायत सामाजिक दुरी कायम गर्न पनि सबैसित अनुरोध गरेका छन् ।
सरकारले पसलमा मास्क नलगाउनेका लागि पहिलोपटक २०० पाउण्ड जरिवाना तोकेको छ । तर उनलाई प्रहरीले जरिवाना गर्यो गरेन भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा