लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जुलाई २४ देखि नै पसल तथा सुपरस्टोरहरुमा मास्क लगाउन अनिवार्य गरे पनि उनकै पिता भने मास्क नलगाई किनमेल गरिरहेको पाइएको छ ।
डेली मेलका अनुसार प्रधानमन्त्री जोन्सनका ८० वर्षीय पिता स्टान्ले जोन्सन यही मंगलबार पश्चिमी लण्डनको एक पसलमा बिना मास्क पत्रिका किन्दै गरेको अवस्थामा भेटिएका छन् ।
कन्जरभेटिभ पार्टीका तर्फबाट युरोपेली संसदका पूर्व सांसदसमेत रहेका जोन्सनले आफू तीन साता देशबाहिर बसेर त्यसै दिन बेलायत आइपुगेको बताउँदै माफी मागेका छन् । तर सो कारण नै नियम पालना नगर्नुको बहाना हुन नसक्ने पनि उनले बताए ।
उनले ट्याक्सी चालकले पत्रिका किनेर ल्याइदिन्छु भन्दाभन्दै आफैँ पत्रिका किन्न गएको बताएका छन् ।
उनले कोरोना भाइरस नियन्त्रणका लागि मास्क लगाउने लगायत सामाजिक दुरी कायम गर्न पनि सबैसित अनुरोध गरेका छन् ।
सरकारले पसलमा मास्क नलगाउनेका लागि पहिलोपटक २०० पाउण्ड जरिवाना तोकेको छ । तर उनलाई प्रहरीले जरिवाना गर्यो गरेन भन्ने चाहिँ समाचारमा खुलाइएको छैन ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा