लण्डन । सरकारले इङ्ल्याण्डमा लागू गरेको कोरोनासम्बन्धी नियम तोडेकोमा बेलायतको प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीका पूर्व नेता जेरेमी कोर्बिनलाई जरिवाना गरिएको छ ।
डेली मेलका अनुसार उनले छ जनाभन्दा बढी भेला हुन नपाइने नियम तोडेका थिए । उनले छ जनाभन्दा बढीसित रात्री भोज गरिरहेको तस्वीर सामाजिक सन्जालमा पाइएपछि प्रहरीले उनलाई २०० पाउण्ड जरिवाना गरेको बताइएको छ ।
बेलायती संसदका सांसद समेत रहेका ७१ वर्षीय कोर्बिनले आफ्नो सो कार्यप्रति क्षमायाचना गरेका छन् । उनले हालै एक मित्रकहाँ रात्रीभोजमा सरिक भएको र सहभागीको संख्या सरकारले तोकेकोभन्दा बढी भएको स्वीकार गर्दै आफ्नो गल्तीप्रति माफी मागेका छन् ।
सरकारले सेप्टेम्बर १४ देखि इङल्याण्डमा घरभित्र वा बाहिर छजनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि ल्याइएको सो नियम पालना नगरेको पाइएमा पहिलोपटक २०० पाउण्ड जरिवाना हुने गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश