कोरोना भाइरससम्बन्धी नियम तोड्दा लेबोर पार्टीका पूर्व नेता कोर्बिनलाई जरिवाना

तस्वीर डेली मेल 

लण्डन । सरकारले इङ्ल्याण्डमा लागू गरेको कोरोनासम्बन्धी नियम तोडेकोमा बेलायतको प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीका पूर्व नेता जेरेमी कोर्बिनलाई जरिवाना गरिएको छ ।

डेली मेलका अनुसार उनले छ जनाभन्दा बढी भेला हुन नपाइने नियम तोडेका थिए । उनले छ जनाभन्दा बढीसित रात्री भोज गरिरहेको तस्वीर सामाजिक सन्जालमा पाइएपछि प्रहरीले उनलाई २०० पाउण्ड जरिवाना गरेको बताइएको छ ।

बेलायती संसदका सांसद समेत रहेका ७१ वर्षीय कोर्बिनले आफ्नो सो कार्यप्रति क्षमायाचना गरेका छन् । उनले हालै एक मित्रकहाँ रात्रीभोजमा सरिक भएको र सहभागीको संख्या सरकारले तोकेकोभन्दा बढी भएको स्वीकार गर्दै आफ्नो गल्तीप्रति माफी मागेका छन् ।

सरकारले सेप्टेम्बर १४ देखि इङल्याण्डमा घरभित्र वा बाहिर छजनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरेको थियो । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि ल्याइएको सो नियम पालना नगरेको पाइएमा पहिलोपटक २०० पाउण्ड जरिवाना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री